गजल - " घुम्टो खोली देउ " - अज्ञात पाल्पाली
त्यो लाज को घुम्टो खोली देउ
दुई चार कुरा बोली देउ
हतार मा निर्णय नगर
आज पर्खन्छु म भोली देउ
मरि लानु के नै छ र यहाँ
परती को एक झोली देउ
आज यहाँ छौ त भोली कहाँ
सङ्लो माया बग्ने खोली देउ
रिस ले भलो गर्दैन हेर
रिस राग लाई पोली देउ
अज्ञात पाल्पाली
No comments:
Post a Comment