Monday, April 4, 2011

गजल - " हाँसि हाँसि हेर्यौ तिमी " अज्ञात पाल्पाली

गजल - " हाँसि हाँसि हेर्यौ तिमी " अज्ञात पाल्पाली

बैरी सँग मिली कन मलाई नै घेर्यौ तिमी
रगत को भेल बग्दा हाँसि हाँसि हेर्यौ तिमी

दु:ख सुख जे भए नि आफ्नै भाग्य सम्झेको थेँ
कता बाट आयौ कुन्नी सारा खुशी हर्यौ तिमी

सधैं भरि तिमी लाई माया गर्छु भन्यौ
थाहै छैन मेरो मन खै कसरी चोर्यौ तिमी

आमुल्य छ माया हेर गुम्ला फेरी होस गर
सस्तो मस्तो बस्त्र जस्तै प्रेमी पनि फेर्यौ तिमी

तिमी  भन्थ्यौ सधैं नै नछुटोस है यो अंगालो
तर आज अरु लाई अंगालो मा बेर्यौ तिमी

अज्ञात पाल्पाली 

No comments:

Post a Comment