Monday, April 4, 2011

गजल - "माया गरे जस्तो लाग्छ " - अज्ञात पाल्पाली

गजल - "माया गरे जस्तो लाग्छ " - अज्ञात पाल्पाली

कहिले काँहि साँचो माया गरे जस्तो लाग्छ
तर कहिले झुटो  माया भरे जस्तो लाग्छ

सपनी मा उस्लाई देख्छु कल्पना मा उहि
निर्मोही को माया जालमा परे जस्तो लाग्छ

एउतै थियो मन  एउतै थियो धड्कन
आफ्नै मनको ढुक्ढुकी नि सरे जस्तो लाग्छ

खुशि थियो मन भित्र हाँसो थियो ओठ मा
तर आज ओठ को हाँसो झरे जस्तो लाग्छ

आशा पनि मरि सक्यो भरोसा पनि छैन
त्यसै ले आज भोली ज्यूँदै मरे जस्तो लाग्छ

 
अज्ञात पाल्पाली   

No comments:

Post a Comment