Monday, April 4, 2011

गजल - " उकालि र ओराली त "- अज्ञात पाल्पाली

गजल - " उकालि र ओराली त "- अज्ञात पाल्पाली

उकालि र ओराली त धाउनै पर्छ अरे
धाई सके पछि फेरि पाउनै पर्छ अरे

मरि लानु के नै छ र हासी खुशी नै बाँच
एक पल्ट माया प्रिती लाउनै पर्छ अरे

भन्ने हरु भन्दै छन कि माया त्यसै हुन्न
 माया लाउन बैश त आउनै पर्छ अरे

पराई को मन जित्न सजिलो कहाँ छ र
उन्कै गीत सधैं भरि गाउनै पर्छ अरे

जीवन यस्तो ज्योति हो मिलनमा बल्छ यो
बले पछि उज्यालो त छाउनै पर्छ अरे

अज्ञात पाल्पाली

No comments:

Post a Comment