Monday, April 4, 2011

गजल - " रंगमन्च मा उदाएँ " अज्ञात पाल्पाली

गजल - " रंगमन्च मा उदाएँ " अज्ञात पाल्पाली
 
रंगमन्च मा उदाएँ कलाकार भएँ म त
कबिता के लेखेथेँ साहित्यकार भएँ म त

बिछोड का पिडा समेटिए का गजल रचेँ
अनि तपाईं माँझ  गजलकार भएँ म त

मन पराउदै पराउदै गए सबैले मलाई
हुँदा हुँदा सब्को सामु शानदार भएँ म त

मन पराउने कत्ति कत्ति माया गर्ने  उस्तै
जीवन ले फड्को मार्यो दमदार भएँ म त

थाहा छैन मलाई नै कहाँ गल्ती भयो आज
तार टुटे को गितार झै बेकार भएँ म त

तपाईंको साहित्यिक यात्रा को साथि ( अज्ञात पाल्पाली )

No comments:

Post a Comment