Monday, April 4, 2011

गजल - " त्यो तालीको के काम " अज्ञात पाल्पाली

गजल - " त्यो तालीको के काम " अज्ञात पाल्पाली

केहि छेक्दै नछेक्ने त्यो जालीको के काम
प्रशम्सा घटाउने त्यो तालीको के काम

भन्छन साली छ रमाइलो ससुराली
तर बोल्दै नबोल्ने त्यो सालीको के काम
 
मालीले कोशिस गरे फुल फुल्छ तर
बगैंचा बिनाको यो मालीको के काम
 
काली भएर के हुन्छ दिलवाली भए
तर दिल नहुने त्यो कालीको के काम

कच्चा उमेर मै ओठ भरि लाली छ त
जवानी नआउदै त्यो लालीको के काम

  अज्ञात पाल्पाली

No comments:

Post a Comment