Monday, April 4, 2011

गजल - " आफु जस्तो अरु उस्तै " अज्ञात पाल्पाली

गजल - " आफु जस्तो अरु उस्तै " अज्ञात पाल्पाली

झर्छ भनि झटारो ले हाने रहेछौ तिमीले
आफु जस्तो अरु उस्तै ठाने रहेछौ तिमीले

सुने को नि सत्य हो रे देखेको नि झुट भयो
अरु को मन को कुरा जाने रहेछौ तिमीले

खानु पर्छ भनि भनि अरु लाई बिष दिन्छौ
आफु भने अमृत पो खाने रहछौ तिमीले

पराई कै कुरा सुन्यौ पराई कै भर पर्यौ
ढुङ्गा लाई देउता नै माने रहेछौ तिमीले

गन्तब्य फरक थियो तर फेरी संगै आयौ
डोर्याएर धराप मा लाने रहेछौ तिमीले

अज्ञात पाल्पाली

No comments:

Post a Comment