Monday, April 4, 2011

गजल - " कुर्चिको कारण " - अज्ञात पाल्पाली

गजल - " कुर्चिको कारण " - अज्ञात पाल्पाली

पायौ पहिले त सम्मान कुर्चिको कारण
भयौ नि फेरि अपमान कुर्चिको कारण

दिन्छौ सधैं झुटो आस्वासन जनता लाई
गर्छौ हो फेरि बेईमान कुर्चिको कारण

बजेट का पोका फुकाउन के खोज्दै थिए
ब्रिफकेश नै तानातान कुर्चिको कारण

लुटाउछौ आफैले आफैलाई सधैं तिमी
नलुटाउन स्वाभिमान कुर्चिको कारण

भन्छन हामी सक्षम छौं समस्या छ कहाँ
तर खोज्दैनन् समाधान कुर्चिको कारण

अज्ञात पाल्पाली

No comments:

Post a Comment