Monday, April 4, 2011

गजल - " त्यो रात को कुरा नगरौं " अज्ञात पाल्पाली


गजल - " त्यो रात को कुरा नगरौं " अज्ञात पाल्पाली

हावा बिना हल्लिने त्यो पातको कुरा नगरौं
ठुलो सानो भनिने त्यो जातको कुरा नगरौं

मान्छे उस्तै आत्मा उस्तै फरक छैन हामीमा
पेट भर्न खाईने त्यो भातको कुरा नगरौं

किन भन्नु हामी हरु गरिब भयौ हजुर
धन ठुलो ठानिने त्यो बातको  कुरा नगरौं

यति ठुलो चोट मैले पाएको छैन कहिले
मुटु पनि टुक्रिने त्यो घातको कुरा नगरौं

औंसी जस्तो रात तर थिएन कोहि साथमा
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौं

अज्ञात पाल्पाली (  'घायलको तरही मुसायरा-६'मा दिएको मिसरा बाट लेखिए को गजल )

No comments:

Post a Comment