Monday, April 4, 2011

गजल - " बगैंचामा माली छैन "

गजल - " बगैंचामा माली छैन "


छोडी गयौ भत्काएर ओत लाग्ने पाली छैन
गोडी गयौ भएको नि अब  अरु बाली छैन

संगै थियो यात्रा हाम्रो तर आज एक्लै भए
मोडी गयौ पाईला नै अब मेरो काली छैन

धेरै धेरै माया गरेँ बदला मा धोका दियौ
फोडी गयौ भाँडाकुँडा के मा खाने थाली छैन

आफ्नै मान्छे पराई भो पराईको के भर भो
जोडी गयौ दोस्रो नाता दिउँ भने ताली छैन

बाँचा गरि जिम्मा लियौ घरबार बगैंचा को
तोडी गयौ बाँचा सबै बगैंचामा माली छैन

आज्ञत पाल्पाली ( घायलको तरही मुसायरा भाग ७ को मिसरा-ए- सानी को आधार मा लेखिए को गजल )

No comments:

Post a Comment