गजल
देउराली लाई फुल पाति चढाएर बेकार भो
मन्दिरमा परेवा हरु नि उडाएर बेकार भो
जति धेरै माया गरे पनि घटाउछे सधैं भरि
निर्मोही लाई मायाको पाठ पढाएर बेकार भो
एकै क्षण रमझम पारि छोडि गई आखिरमा
बैगुनी को याद मा यो मन जलाएर बेकार भो
हरपल हरपल उसलाई सम्झी टोलाउछु
उसलाई सम्झी एकान्तमा टोलाएर बेकार भो
काहिले भेटिएला कुन्नी छोडी जाने पापिनी लाई
गन्तब्यहिन पाईलाहरु बढाएर बेकार भो
अज्ञात पाल्पाली
No comments:
Post a Comment