Monday, April 4, 2011

गजल - " कसलाई माया गरुँ " अज्ञात पाल्पाली

गजल - अज्ञात पाल्पाली - " कसलाई माया गरुँ " अज्ञात पाल्पाली

कसलाई माया गरुँ भनि सोच्दैछु आज
एउटा राम्रो साथि मईले खोज्दैछु आज
 
यति ठुलो संसार मा आरबौं छन मान्छे
त्यहि भिड बाट मन पर्ने रोज्दैछु आज

भन्छन जिन्दगी यो बार्हमासे फुल हो रे
त्यसै गरि फुल्ने एक फूल रोप्दैछु आज

आफ्नो भन्दा धेरै माया कसैको लाग्न थाल्यो
उसकै माया मन भरि नै बोक्दैछु आज
 
सम्झिदै आँशु हरु टलबलाए गह भरि
बग्न खोज्ने आँशु हरु लाई रोक्दैछु आज

अज्ञात पाल्पाली

No comments:

Post a Comment