Sunday, April 3, 2011

गजल - " नेपाली ले नेपाली लाई " अज्ञात पाल्पाली


गजल - " नेपाली ले  नेपाली लाई " अज्ञात पाल्पाली

नेपाली ले नेपाली लाई  लुट्न खोजे नेपाल मा
आफ्नै दाजु भाई हरु ले कुट्न खोजे नेपाल मा


राष्ट्रियता जोगाउन सबै मिलउँ  भन्ने तर
राष्ट्रवादी शक्ति हरु नै फुट्न खोजे नेपालमा


मेरो देश का नेता हरु लडि रहे आपसमा
प्रतिगमनकारि हरु जुट्न खोजे नेपाल मा

सर्बहारा भन्ने हरु नै चिल्लो गाडि चढि  दिदा
शोसक ले गरिब लाई भुट्न खोजे नेपाल मा

सयौं थरि फुल हामी एउटै माला भन्दा भन्दै


माला  चुडाई  थुँगा थुँगा छुट्न खोजे नेपाल मा



अज्ञात पाल्पाली


No comments:

Post a Comment