Sunday, April 3, 2011

गजल - " अलविदा कृष्ण जी " - अज्ञात पाल्पाली




गजल - " अलविदा कृष्ण जी " - अज्ञात पाल्पाली

भक्कानिन्छ यो मन अझै सम्झिदा कृष्ण जी !
चीर शान्ति को कामना अलविदा कृष्ण जी !

देश कै लागि बोल्थ्यौ जनता कै लागि लड्थ्यौ
खुशि हुन्थ्यौ हामी सबै आईदिदा कृष्ण जी !

प्रजातन्त्र ल्याउन मा उनको देन धेरै
डराउथे बैरी हरु बोलिदिदा कृष्ण जी !

सँच्चा एक्ला नेता उनी करोडौं नेपाली का
शुन्यता नै  छाएको छ नभैदिदा कृष्ण जी !

कामना थ्यो सबै को अझ बाँची राख भन्ने


भए दुखी छोडी सबै   गईदिदा कृष्ण जी !



अज्ञात पाल्पाली


No comments:

Post a Comment