Sunday, April 3, 2011

गजल - " त्यो रात बेकार हो " - अज्ञात पाल्पाली


गजल - " त्यो रात बेकार हो " - अज्ञात पाल्पाली

कालो धन्दा चलाउने त्यो रात बेकार हो
हृदय नै जलाउने त्यो बात बेकार हो

दु:ख पर्दा सबै ले दिनु पर्छ हात तर
खाल्डो तिर डोर्याउने त्यो हात बेकार हो

हल्लिनै पर्छ पर्न हावा चले पछि पात
हावा बिना नै हल्लिने त्यो पात बेकार हो

नुन उस्तै सुन उस्तै फरक छैन कतै
सानो ठुलो जनाउने त्यो जात बेकार हो

अजम्मरी छैन कोहि नियती नै यस्तै छ
मृत्‍यु सम्म पुर्याउने त्यो घात बेकार हो

अज्ञात पाल्पाली

No comments:

Post a Comment