गजल
हजारौं ले बलिदानी दिए जनमुक्ती को नाउँमा
तर तिनका नेता भने सुख सुबिधा को दाउमा
पाँचतारे मा बैठक सधैं खानु पर्ने मिठो मिठो
तर गरिब जनता भोक ले मर्दै छन गाउँमा
अमुल्य छ यो जिन्दगीको लागि अमृत हो रगत
तर बगाई दिए रगत यहाँ पानी को भाउमा
घाईते योद्दा हरु जिउदा शहिद भएका छन
तर दिएनौ मलम सम्म नि लगाउन घाउमा
कति ले जीवन को भिक मागे होलान तिमी सँग
तर के काम लाग्यो शरण परेर तिम्रो पाउमा
ब्यार्थै भो लाखौं नेपालीले बिस्वाश गरे तिमीलाई
तर केहि गर्ने थिएँ मैले म भए तिम्रो ठाउँमा
अज्ञात पाल्पाली
No comments:
Post a Comment