Sunday, April 3, 2011

गजल - "निर्मोही लाई छाती भित्र " - अज्ञात पाल्पाली

गजल - "निर्मोही लाई  छाती भित्र " - अज्ञात पाल्पाली



निर्मोही लाई  छाती भित्र लुकाएर ब्यर्थै भयो
नदुखेको यो मन मैले दुखाएर ब्यर्थै भयो



डाँडै काटी जाँदा पनि फर्क भनी बोलाई रहेँ

घाँटी दुखाई  स्वर मात्र सुकाएर ब्यर्थै भयो

बुद्धीचाल खेल्ने सँग खेल खेलेँ म पिरतीको
जरिवान तिर्दै जिवन चुकाएर ब्यर्थै भयो


आफ्नै सम्झी मनका सबै दु:ख सुख भनी दिएँ 
 नबुझ्ने लाई पीडा हरु सुनाएर ब्यर्थै भयो



सबैले भन्ने गर्थे  माया जाल मा परिस भनी
होईन  भनी सबैलाई झुक्काएर ब्यर्थै भयो


अज्ञात पाल्पाली

No comments:

Post a Comment