Wednesday, April 20, 2011

" घायलको तरही मुसायारा भाग -५

नव बर्ष २०६८ को पावन अवसरमा सम्पुर्ण साथी हरु लाई  हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दै " घायलको  तरही मुसायारा भाग -५ " को लागि मेरो गजल हजुर हरु लाई !

गजल: भगवती बस्नेत

मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
काफिया: झुक्नुहुन्न
रदिफ: अब नारी
पुराना ती /संस्कारमै //झुक्नुहुन्न /अब नारी
लय: ४+४+४+४=१६

मर्दले लोभ्याउदै मा चुक्नुहुन्न अब नारी
परिआए लड्नु पर्छ लुक्नुहुन्न अब नारी

बाँध बाँधी राख्न खोजे छाल बनी उर्ली दिउँ
खहरेको भेल जस्तै सुक्नुहुन्न अब नारी

अरु ले फाईदा लिए आपस मा फुट्दा हामी
मिलौं हामी आपस मा फुट्नुहुन्न अब नारी

कमजोर छैनौ हामी  भन्ने कुरा देखाउन
कुनै पनि समयमा छुट्नुहुन्न अब नारी

चुल्हो चौका गर्नु अनि गोडा मोल्नु पर्छ भन्ने
पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी

No comments:

Post a Comment