Wednesday, April 20, 2011

घायलको तरही मुसायरा-४

गजल: सुमित्रा पौडेल
मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
काफिया: फुकाएर
रदिफ: रुन्न आमा
यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
लय: ४+४+४+४=१६

दु:ख सम्झी सुख हरु लुकाएर रुन्न आमा
पराइ ले सुन्ने डाको फुटाएर रुन्न आमा

हाँसी हाँसी बाँच्छु म त अर्को जूनी कहाँ मिल्छ
गह भरि आँशु हरु सुकाएर रुन्न आमा

जस्तै चोट सहने छु तर अरु कसै संग
यो मन को पीर ब्यथा फुकाएर रुन्न आमा

रिस राग छैन कतै सुखै सुख जाता ततै
कुटु कुटु आफ्नै मुटु दुखाएर रुन्न आमा

हजुर कै सेवा गर्छु हजुर कै लागि लड्छु
बैरि सामु शिर मैले झुकाएर रुन्न आमा

No comments:

Post a Comment