Wednesday, April 20, 2011

घायलको तरही मुसायरा-६

घायलको तरही मुसायरा-६

गजल: जितेन्द्र मल्ल

मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६

सके सम्म पीर पार्ने गजल अब लेख्दिन भो
पढ्दा पढ्दै आशै मार्ने गजल अब लेख्दिन भो

उस्को भन्दा राम्रो लेख्छु तिम्रो भन्दा मिठो लेख्छु
तरही मा सधैं हार्ने गजल अब लेख्दिन भो

मेरो पनि सह यात्रा  घायलको प्रयास मा
जसो तसो झारा टार्ने गजल अब लेख्दिन भो

जन्म मेरो नेपाल मा तर कर्म मुग्लानी मा
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो

जिन्दगी का सानातीना दु:ख सुख लेख्छु तर
मोती दाना आँशु झार्ने गजल अब लेख्दिन भो

अज्ञात पाल्पाली
www.unknownpalpali.blogspot.com

No comments:

Post a Comment