इन्दिरा जी ! लाई धन्यबाद अनि घायलको तरही मुसायराको सफलताको कामना गर्दै भाग -८ को लगि मेरो गजल यसरी लेखेँ
गजल: इन्दिरा खतिवडा "प्रयास"
मिसरा: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
काफिया: पर
रदिफ: नेता
लय: संविधान /लेख्ने मिती //किन सार्छौ /पर नेता
४+४+४+४=१६
महलको बास छोडी झुपडी मा झर नेता
गरिबी को पीडा सही अनुभब गर नेता
भोट माग्ने बेला भने ठुला ठुला बाँचा गर्छौ
कति पर्ने सधैं हामी तिमी माथी भर नेता
बोल्छौ यौटा गर्छौ अर्कै धोका दिने तिम्रो चाल
यस्तै चाल गर्छौ भने मान्दै गर डर नेता
जनताको चाहाना मा खेलवाड गर्छौ किन
संबिधान लेख्ने मिती किन सार्छौ पर नेता
जेष्ठ चौध सम्म पनि संबिधान नबनेमा
केही काम छैन अब तिमीहरु मर नेता
अज्ञात पाल्पाली
Saturday, April 30, 2011
Tuesday, April 26, 2011
मुक्तक - दीपा के.सी. .
मुक्तक - दीपा के. सी.
१
सागरमा मात्र पानी हुन्छ भनेको
तर जमिन मा पनि हुँदो रहेछ
जीवनमा मिलन मात्र हुन्छ भनेको
तर बिछोड पनि हुँदो रहेछ
२
तिमी बिना हाँस्न पनि मनेन मन
तिमी बिना बाँच्न पनि मनेन मन
तिम्रै सम्झना ले सतायो झनझन
तिमी बिना त पागल सरि नै भयो मन
१
सागरमा मात्र पानी हुन्छ भनेको
तर जमिन मा पनि हुँदो रहेछ
जीवनमा मिलन मात्र हुन्छ भनेको
तर बिछोड पनि हुँदो रहेछ
२
तिमी बिना हाँस्न पनि मनेन मन
तिमी बिना बाँच्न पनि मनेन मन
तिम्रै सम्झना ले सतायो झनझन
तिमी बिना त पागल सरि नै भयो मन
Subscribe to:
Posts (Atom)
