Friday, June 19, 2015

कविता :--- आँसु ऋतु

कविता :--- आँसु ऋतु

मन भित्र
अरु ऋतु भन्दा धेरै
वर्षा ऋतु नै हुदो रै छ
 र
यो प्रकृति ऋतु जस्तो
आफ्नो समयमा
आउने पनि हैन रै छ
जति बेला पनि आउन सक्ने
पलपल मै बद्लिन सक्ने
कहिले खुशी  हर्ष बनेर 

कहिले दुख पीडा बनेर आउदो रै छ
 "आँसु"
उही बर्षा को झरी जस्तै
एकै छिन् घाम
अनि फेरी पानी
तेसैले भन्न मन लाग्छ
वर्षा ऋतु
यानी कि
आँसु ऋतु  

अज्ञात पाल्पाली

Wednesday, June 10, 2015

गिती कथा ( छिट्टै फर्की आउनेछु सानु )

गिती कथा ( छिट्टै फर्की आउनेछु सानु )

मेरी प्राण प्यारी सानु असिम प्यारका साथमा अविरल मायाका लहरहरु सम्झनाले पलपल सताएको कुरा यो  गीतिकथा माध्यम बाट सुनाउदैछु आशा लीएको छु पक्कै पनि सुन्ने छौ र मेरो वास्तविक यथार्थ बुझेर म माथिको बिश्वास कायम राख्ने छौ /
..... प्रिय सानु तिमीलाई मैले सधै साथ दिन्छु कहिले एक्लै हुन दिने छैन भनेर कसम खाएकै हो मैले तर यो कसम पुरा गर्न सकिन र टाढा हुन  बाध्य भएं तर तिमीलाई सबै कुरा बताएर हिड्न सकिन किन कि मेरा बाध्यता र विवशता सबै सबै बताउने म संग सामर्थ्य थिएन थिए त केवल म संग गरिवीले छिया छिया परेको कलेजी थियो अभाव र समस्याले जर्जर भएको मेरो मन थियो /
......आफ्नो प्रिय मान्छेलाई सामान्य चाहनाका कुरा हरु समेत किनेर दिन नसक्ने बाध्यता म संग थियो यस्तै पीडाले टुक्रियको हृदय थियो म संग हुन त तिमीले मलाई कहिले पनि मलाई यो चाहियो भनेर दुख दिएनौ तर पनि म तिम्रो हर रहरलाई बुझ्थें तिमीले एक रहर मार्दा म तेती नै बेला एक पल मरे जस्तै हुन्थें /
....भित्र भित्रै  धुँवा धुँवा भएर उढथें र लाग्थ्यो यो अभाबै अभावको मिलन भन्दा अभाव पूर्ति गर्ने बिछोड मिठो हुन्थ्यो होला परदेश गएर पैसा कमाएर तिमीलाई सुख दिन्छु भन्ने लाग्यो र म तिमीलाई केहि दिन मै आउछु भन्दै ढाटेर यो सात समुन्द्र पारी आई पुगें अब त तिम्रो केहि दिनको प्रतिक्षाका दिनहरु पनि सकी सके थाहा छैन मलाई यति बेला मलाई खोज्दै तिमि शहरमा छौ कि बगरमा छौ कि के गर्दै छौ कतै बगरको माछी सरि छटपटीदै छौ कि........... ?

पक्कै पनि सानु यो गीति कथा मेरो ब्यथा सुने पछि आफुलाई सम्हाल्दै हाम्रो मिलनको दिनको प्रतिक्षामा बस्ने छौ विक्षिप्त भएको मनलाई केहि हद सम्म भए पनि राहत मिल्ने छ र मनमा शान्तिको दियो बल्ने छ आशाका किरणहरु उदाउनेछन् तिनै किरणले न्यानो ताप दिनेछ र त्यहि न्यानो तापमा हाम्रो माया हुर्किदै जानेछ आखिर माया माया नै हो /
......दुरीले जतिनै टाढा भए पनि आत्मीयताको दुरी त कहाँ हुन्छ र तिमि पलपल तिमि मेरो नजरमा छौ , अधरमा छौ . मन मनमा छौ धड्कनमा छौ , समिपमा छौ सम्झेको कुरा त बाताउनै मिल्दैन कि यति सम्झेको छु कि यादै यादमा पागल झैँ हुन्छु जस्तै लाग्छ हुन त तिमीले पनि पक्कै मैले भन्दा झनै सम्झेको छौ होला ....
..........मैले पनि हाम्रो भबिष्य सुन्दर होला भनेर नै यसो गरको हुँ अभावमा जिउनु सार्है गाह्रो त्यहा माथि हाम्रा सन्ततीहरु भबिष्य के होला हामीले सोच्नै पर्छ यसैले पनि हामि केहि समयको लागि बिछोड हुनै पर्छ यो बाध्यतालाई बुझ्ने छौ भन्ने आशा लिएको छु हुनत मलाई थाहा छ कति गार्हो छ भनेर आफुले चाहेको चिज नपउदा कति गार्हो हुन्छ त्यो पनि अझै जीवन साथी नै संगै न हुदा त पलपल गार्हो हुन्छ तै पनि सहनु छ के गर्ने भोलि को मिलनको आशामा तिमी  आउछौ भन्ने आशै आशामा भने झैँ ............
सानु छन् त म पनि कहाँ खुशी छु र कहाँ सुखी छु र तिमी देखि टाढा भएर बाच्नु पर्दा तैपनि पलपल सहने प्रयास गर्छु मनभरी अनेकन सपनाहरु संगाल्दै कल्पनामा डुब्दै हरपल तिमी संगै अंगालोमा बाँधिन पुग्छु यति मिठो हुन्छ कि झन्डै सबै पाए जस्तो संगै नै भय जस्तो आनन्दको संसारमा रामाएको हुन्छु तर जब होसमा फिर्छु अनि झस्किन पुग्छु धड्कन बढेर आउछ छटपटी हुन्छः पसिनाले चिट चिट हुन्छु सम्हाल्न गार्हो हुन्छ आफैलाई उफ्फ्फ़ यो पीडादायि शिलशिला कहिले सम्म चल्ने हो
.... थाहा छैन तै पनि यति भन्छु जति सक छोटो होस् यो छोटो अबधि मै सोचेका कुराहरु पुरा हुन सपना साकार होस् चाडै र हाम्रो मिलन होस् फेरी कहिले छुट्टिनु नपर्ने गरि तिमी पनि भगवान संग यहि प्रार्थना गर कि जति सक छिटो संगै हुन पाउ , हाम्रो समधुर मिलन होस् /
..भनेको सुनेको छु संसारमा चोखो माया गर्ने मान्छेले माग्यो भने जे पनि मिल्छ रे हामीले पनि चोखो माया गरेका छौ अबस्य पनि पाउछौ सुखमय मिलन हुनेछ हामी धेरै धेरै खुशी हुनेछौ भन्ने मलाई आत्म बिश्वास छ. यहि बिश्वासले मेरो शाहास बढाएको छ सुन्दर भबिष्यको कल्पनामा भए पनि रामाउने प्रयास गर्छु परदेशको बसाई न भाषा मिल्छ न भेस मिल्छ न रहन सहन न खाना मिल्छ सबै सबै भिन्न भिन्न छन् तेही माथि कडा परिश्रम गर्नु पर्ने छ सबै कुरामा सम्झौता गर्नु पर्ने छ/
.... मेरो अबको जिन्दगी थाहा छैन कहिले सम्म हो यस्तै यस्तै हर बुँधाहरु मा पलपल सम्झौता गर्दै बाच्नु छ संघर्ष गर्नु छ पसिना बेचेर पैसा कामाउनु छ उसो त कडा परिश्रम र पसिना बगाउनुमा मलाई कत्ति दुख छैन किन कि म यो गर्न राजि छु दुख बिना सुख हुदैन सुख बिनाको जिन्दगी जिन्दगी हुदैन भन्ने मलाइ राम्रो छ ज्ञान छ /
......तेसैले दुखले मलाई हराउन सक्दैन दुखले मलाइ सताउन सक्दैन पसिना मेरो बगेर सकिदैन बस यति चाहिन्छ पसिनाको उचित मूल्य जसले मेरो जिन्दगीलाई आर्थिक प्रगतिको बाटोमा लैजावस र सफल जिन्दगी सुन्दर जिन्दगी बन्न सकोस यहिनै मेरो चाहना हो यहि नै मेरो सपना हो जहाँ तिमी हुनेछौ त्यहि म हुनेछु अनि हामि सुखी हुनेछौ खुशी हुनेछौ हाम्रो सुन्दर परिवार हुनेछ हाम्रो सन्ततिहरु को भबिष्य सुनिस्चित यस्तै यस्तै सोचाईहरु मै बित्छ आज भोलिको समयहरु.....
...............सानु दिन त बरु जसो तसो बित्छ उता कामको व्यस्तताले सम्झिने फुर्सद सम्म पनि हुदैन काम पनि कति गरिदो रहेछ साच्चै नै बल्ल थाहा भयो यति धेरै काम यो ज्यानले गर्न सक्दो रहेछ आफै अचम्मित हुन्छु के गर्ने काम गरेर पैसा कामाउछु भनेर आएको गर्नै पर्यो .र मात्र दाम पाईन्छ यहि दाम नै हो हामीलाई बिछोड बनाउने तेसैले यस संग सम्झौता गर्नु छ यसै संग मितेरी गास्नु छ जसले हामीलाई भबिष्य भरि सहयोग गरोस हामीलाई भनेर यस्तै यस्तै गरि दिन बिताउछु/
....... तर के गर्ने जब जब दिन ढल्दै जान्छ अनि घरको यादले बेस्सरी सताउछ के गर्ने घरमा हुदा दिनभरी जहाँ जहाँ पुगे पनि साझ पर्दा नपर्दै घर पुगेर तिमीले बनाएर दिएको खाजा खाएको सम्झनाले सताउछ जति जति रात बढ्दै जान्छ झन् म घर नपुगे सम्म खाना खान पर्खी रहन्थ्यौ तेही यादले सताउछ कतै मेरै यादमा खाना नखाई मेरो पर्खाइमा हौली भन्दै धेरै चोटी भक्कानिएको छु अनि बाहिर एकान्तमा बसेर टोलाउनुको विकल्प रहदैन यस्तै गरि टोलाई रहदा जून उदाउछ /
.....उ हरेक दिन आफ्नो रूप र आकार बदलेर आउछ म पूर्वमा छु त्यहा भन्दा यहाँ पहिले जून उदाउछ अनि उही जूनलाई भन्ने गर्छु ए जून म यहाँ छटपटीदै भए पनि मेरो सानुलाई शितल छहारी , मिठो निद , सुन्दर सपनी , सुख शान्ति दिनु है भन्दै पठाउछु जसो तसो निदाउने प्रयास गर्छु यस्तै छ आज भोलिको मेरो जीवन कथा पलपल पीडा बिछोडको पीडाले सताएको छ /
निदाउदै ब्युझिदै गर्दा गर्दै रात सकिन्छ उज्यालो हुन नपाउदै बाट आखाँ खुल्छ मनमा अनेक कुरा खेल्छ अनि मन शान्त हुन्छ कि भनेर बाहिर चिसो हावामा निस्कन्छु मैले आज सम्म नदेखेको मिर्मिरे बिहानीहरु देख्न थालेको छु आज भोलि तर के गर्ने यी मिर्मिरे बिहानीहरु सुनौलो बिहानी हुन सकेन कहिले सुनौलो बिहानीमा परिणत हुने यसो भै दिए कति मज्जा हुने थियो होला यस्तै यस्तै सोच्दा सोच्दै बिहानीको घाम उदाउछ अनि फेरी घामलाई भनि पठाउछु मेरी सानुलाई पहारिलो ताप दिनु , खुशी दिनु , पलपल साथ दिनु जहाँ उनि संग म नभएको आभास नहोस
 ............किन बोल्थ्यो र घाम मौन हुदै आफ्नो बाटो लाग्थ्यो बिहानको ८ बजे मेरो काम सुरु हुन्छ काम त गर्नु छ घर परिवार समाज देश र सानुको यादमा पनि तड्पिनु छ हैन यो याद भन्ने कुरा पनि के रहेछ जति बेला पनि आउने जति पनि आउने ........
........यस्तै छ आज भोलि मेरो दिनचर्या यसरि नै बिताएको छु दिनहरु ...बिछोडको पीडाले गर्दा आज भोलि मलाई समय निकै लामो लाग्न थालेको छ दिन आउछ दिन जादैन रात आउछ रात जादैन पलपल तड्पाएर बस्छ कस्तो नियति न बुझ्न सकिने न बुझेर पनि केहि गर्न सकिने म जस्तै परदेशिएका लाखौ परदेशीहरुको कथा हो आखिर यो खै किन मलाई मात्रै परे जस्तो हुन्छ र आफैलाई भन्ने गर्छु कि तेरो माया धेरै हो कि त आफुलाई सम्हाल्न नसक्ने कमजोर होस् अनि फेरी आफै भन्छु I  भलै जे सुकै किन न हुँ तर मैले सानुलाई गरेको चोखो माया हो आई रहेको उसको याद हो आखिर याद आउन पनि त कोहि न कोहि चाहिन्छ नै जुन मोडमा भेटे पनि जुन मोडमा छुटे पनि
........ सानु पक्कै पनि तिमि पनि मलाई कति याद गर्दै छौ होला है कति सम्झनामा रुदै हौली गाउँ बेसीमा कति खोज्दै हौली साएद म तेतै कतै लुक्दै बस्दै गरको भए जतिनै लुके पनि तिमीले भेटि सक्थ्यौ तर म त यहाँ सात समुन्द्र पारि पराईको देशमा आई पुगेको छु जुनधर्ती मेरो हैन , जुन आकाश मेरो हैन , जहाँका मनिस मेरा आफन्त हैनन् यस्तो बिरानो ठाउमा छु यस्तो पराई ठाउमा छु मा यस्तो ठाउमा छु पूर्व  पश्चिम  छुट्टाउन सम्म बिहान र साझ पर्खनु पर्छ उदाएको र अस्ताएको संगै छुट्टाउला भनेर यस्तो प्रतिकुल ठाउमा छु म तर पनि संघर्ष गर्दै छु आखिर संघर्ष नै त जीवन रहेछ सानु तिमीले पनि शाहस जुटाउ हिम्मत गर
..... हामि एउटा यस्तो मिलन हुने प्रतिक्षामा छौ एउटा अजम्मरी मायाको मिलन हुने छ जति सक्दो छिटो धन कमाएर आउनेछु अनि फेरी हामी  बाचुन्जेल हामी  सधै संगै हुने छौ धेरै धेरै रमाउने छौ यो संसार स्वर्ग हुने छ म छिट्टै फर्की आउने छु तेसैले प्रतिक्षा गर मेरी सानु प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाइ कहाँ कहाँ पुर्याउछ जहाँ पुर्याएको भए पनि म छिट्टै फर्की आउने छु I

@ अज्ञात पाल्पाली