Thursday, December 5, 2013

कविता : - कसम पिरतीको .......



"कसम पिरतीको "

मेरी प्राण प्यारी मेरो मुटुको धड्कन
म पिर , ब्यथा र बेदनाले
जतिनै छट्पटिएको किन न हुँ
त्यसको असर तिमीलाई
कत्ति पनि पर्न दिने छैन
कसम पिरतीको

मेरो हासो खुशी मेरो जीवन
मेरो मन प्रतिकुल परिस्थितिले
भित्र भित्रै जलेर खरानी किन नहोस
म त्यसको राप तिमीलाई पर्न दिन्न
प्राण रहेसम्म माया नै माया दिनेछु
कसम पिरतीको

सुख दु :खमा साथ दिने हे मन
म जीवन जिउने क्रममा
दु:खका आँधी वेरी नै किन न आओस
म तिमीलाई त्यसको आभास हुन दिने छैन
सधै सधै शितल पवन नै दिनेछु
कसम पिरतीको

अज्ञात पाल्पाली

No comments:

Post a Comment