Saturday, June 23, 2012

गजल -- .......पनि राजी छु म

गजल

भन तिम्ले जस्तै दु:ख गर्न पनि राजी छु म
पारे पार तिम्रै जाल्मा पर्न पनि राजी छु म

मेरो माया लाग्छ भने बिन्ती गर्छु तिमीलाई
आउ लिन सयौं खोली तर्न पनि राजी छु म

साथ दिए सधैं भरी मुटु भित्र माया साँच्दै
त्यै डालीमा फूली फेरी झर्न पनि राजी छु म

यदि तिम्ले शँका गरे मेरो चोखो मायालाई,
देह त्याग्दै आफ्नै प्राण हर्न पनि राजी छु म

बाँचा गर्छु जूनी जूनी संगै बाँच्ने संगै हाँस्ने
मर्नै पर्छ भने देखि मर्न पनि राजी छु म

                                                                            गंगा

No comments:

Post a Comment