Saturday, April 7, 2012

गजल - चक्कर निको लाग्यो

गजल

होस भन्दा बेहोसीको चक्कर निको लाग्यो/
साचै भनौ  पुर्पुरोको ठक्कर निको लाग्यो//

हार्ने छैन सक्दो देऊ, अप्ठ्यारो भिर,पिर,
सक्छु जुध्न चट्टानको,टक्कर निको लाग्यो//

खोटो रै'छ  लेखान्त नै ,गुनासो  छैन केही ,
मिस्री भन्दा त! भागको सक्खर निको लाग्यो//

दुर-दुर   देखिदैन, पालुवा  आशा  भर्ने,
आत्मा सरि उडिरा'को,पत्कर निको लाग्यो//

देखे अझ  बढिरा'को,खाडल  मेरा लागि,
हाँसी -हाँसी स्वागत छ,लस्कर निको लाग्यो//


                                                      "कल्पना राई "

No comments:

Post a Comment