Saturday, April 7, 2012

गजल -तिमी सँग हुन मन छ

गजल

मलाई त तिम्रो अङ्ग  हुन मन छ ,
सधै भरी तिमी सँग हुन मन छ /

कल्पनाको बाटो धेरै हिडि सकेँ ,
सन्तुस्टीले आज दङ्ग हुन मन छ /

प्रेम प्याला जडित कोमल तिम्रो ,
गुलाबी ओठको रंग हुन मन छ /

लुकाएर राखुँ कति अनौठो पिडा ,
मन मुटु सबै छर्लङ्ग हुन मन छ /

नभन है अस्लील भयो समिर ,
बाहुमा तिम्रो सर्बाङ्ग हुन मन छ /

          ****

साथी समिर
झापा
 31/03/2012

No comments:

Post a Comment