Wednesday, September 7, 2011

लेख " एक एक चिनारी चाहिन्छ"

देशको राष्ट्रिय पोशाक दौरा सुरुवाल नै हुन पर्छ त भन्दिन म तर सबै लाई मान्य हुने र  एकरुपता हुनेगरी
पोशक चाँही हुनै पर्छ न कि सबै जातीका पोशाक राष्ट्रिय पोशाक हुन सकोस  मलाई लाग्छ शायद यस्तो संसार मा
कहिँ पनि छैन यदि छ भने त्यहाँ होला जहाँ नेपालमा जस्तै मतियारहरु को राज छ। नत्र हरेक देशको आफ्नो एक
एक चिनारी हुन्छ र हाम्रो पनि थियो  । 
   सबै जातिय पोशाक लाई राष्ट्रले सम्मान गर्नु पर्छ राज्य भित्र मज्जा ले प्रयोग  गर्न सकिन्छ प्रोत्सान 
गर्न  सकिन्छ तर सत्तामा जानको लागि जातिय पर्वकाण्ड मच्चाएर देश लाई छाँया मा पार्ने कोशिस गर्नु हुदैन
अन्तराष्ट्र हरु मा हाम्रो आफ्नो पहिचान हुनै पर्छ। मतियार हरु जब जब देशको निशानीहरु को कुरा उठ्छ अनि
राजनितीक  चलखेल हुन्छ र   निरंकुशताको गन्ध आउछ भाषा मा खस को
गन्ध आयो जसो तसो झण्डा  बिबाद सुल्झियो फेरि आयो पोशाक मा जतिय भुतले तर्सायो  के  मेरो देशको राष्ट्रिय पोशक नै छैन ?
खै राष्ट्रिय जनावर ? खै राष्ट्रिय फूल ? खै चरा ? खै रंग ? खै राष्ट्र दिवस ? खै राष्ट्र भाषा ? के नेपाल
अब विश्व मानचित्रमा बहुरुपी नेपालको नाम ले  चिनिने हो ? मुटुको  धड्कन बिचलित भएर आउछ ।    
  मतियार हरु आफ्नो सत्ता लम्बाउन अती महत्वपुर्ण कुरा मा खेलवाड गर्छन। जात जाति मा लडौउछन अनि
आफू भने जनताको प्रतिनिधिको रुप मा रहिरहने जलो बुनी रहन्छन सडकमा जनता लाई  उतार्छन र  चार्काउछन
अशन्ती कयौं पटक देशको ढुकुटी बाट बिदेश भर्मण गरि सके तर कहिले ति देशहरु मा भएको शान्ति
शुरक्षा अशल शासन ब्यबस्था बारेको ज्ञान लियर आएनन् बरु  ब्यापारी जस्तै बनेर देश फर्कन्छन साथमा ल्यापटप,
सुन यस्तै महङ्गा  बस्त्रहरु लियर फर्कन्छन ।
 राष्ट्रघाती हरु जब जब आफ्नो सुख सुबिधाको अवसर आउछ त्यति बेला कुनै काल, वंश र  पञ्चायत कसैको गन्ध
आउँदैन निरन्कुशता को प्रतिबिम्ब झल्किदैन आखिर ति दरबार हरु त्यति बेला कै हुन ति महङ्गा  गाडि उनी हरु चढ्दा शोसक
हरु भए तर आफूले प्रयोग गर्दा लोकतन्त्र वादी  , सर्बहारा बर्गको प्रतिनिधित्व भयो। धन्य रैछ राजनीति जे गरे पनि हुने
हत्यारा लाई आम माफी कहिँ नभएको जात्रा हाँडी गाँउमा भन्थे तर अहिले त पुरै नेपाल नै हाँडी गाँऊ भएको छ ।
 भर्स्टहरु ले लिने गरेको सुरक्षा कर्मी हरु सबै राजा महाराजाहरु को देखा सिकी हो तर यहाँ यिनी हरु लाई
त्यो छाँया आउदैन तिनी सुरक्षा कर्मी ले गर्ने गरेको सलाम पनि पुरानै शैली हो थाहा छैन कुन दिन यो सलाम त
हाम्रो जात को हैन भनेर देब्रे हातले सलाम गर्ने नियम ल्याउने हुन नयाँ नेपाल मा हेर्न बाँकी नै छ ।
 म अन्तमा यति मात्र  भन्छु मलाई कुनै जात, धर्म, बर्ग बिशेष सँग प्रतिसोध छैन तर मेरो आपत्ति तिनी 
मतियार हरु सँग छ सधैं हुनेछ तर मलाई मेरो देश नेपालको मान्य हुने एक एक निशानी चाहिन्छ एक एक चिनारी चाहिन्छ ।

" रातो रगत जात मेरो आत्मा यउतै धर्म मेरो, नेपाली हो नाम मेरो सेवा नै हो कर्म मेरो "
 अज्ञात पाल्पाली

No comments:

Post a Comment