Friday, August 26, 2011

कबिता _ " तानसेन ले भन्छ रे " अज्ञात पाल्पाली


 कबिता _ " तानसेन ले भन्छ रे " अज्ञात पाल्पाली
तानसेन ले भन्छ रे हिमाल तिमी हाँसन
हिमाल ले भन्छ रे मलाई हेरी राखन
तानसेन र हिमाल माया जालमा फसेछ
धेरै बर्ष भई सक्यो पर्खिएर बसेछ

चिसो चिसो बतास श्रिनगरको सुसेली
सार्है राम्रो ठाउँ पनि उस्तै राम्रा पाल्पाली
धेरै जाति छन यहाँ मित्रता छ बलियो
मेची महाकाली सम्म हाम्रो नाता फैलियो

बोले मात्रै हुन्छ हामी ईतिहासले चिनाउछ
जन्मिए मात्रै हुन्छ हामी पाल्पाले नै हिडाउछ
त्यसैले त गर्ब लाग्छ मेरो जन्मभुमी मा
पाल्पामा नै जन्मिन पाऊँ फेरी अर्को जुनीमा

बिर्सिएको छैन कहिले जन्मिए हुर्के म त्यहाँ
आज म त प्रदेश मा मेरा साथी छन कहाँ
टुटेको पनि छैन साईनो छुटेछैन मित्रता
कति साथी सफल भए कति भए बेपत्ता

अज्ञात पाल्पाली

No comments:

Post a Comment