Thursday, April 7, 2011

गजल - " बात हुन्न कहिल्यै पनि " अज्ञात पाल्पाली

गजल - " बात हुन्न कहिल्यै पनि " अज्ञात पाल्पाली

सपनी मा नदेखेको रात हुन्न कहिल्यै  पनि
बिपनी मा भेट हुन्छ बात हुन्न कहिल्यै पनि

मन पर्छ माया लाग्छ मायालु को जात एउटै
पिरती मा सानो ठुलो जात हुन्न कहिल्यै पनि

सिरसिरे हावा चल्यो त्यहि बेला पात हल्लियो
हावा चल्दा नहल्लिने पात हुन्न कहिल्यै पनि

नशा रैछ प्रेम पनि मात लागे झैं लठ्याउछ
नशा बिना लठ्याउने मात हुन्न कहिल्यै पनि

माया भन्नु बिश्वास हो जीवन भन्नु साथ रैछ
यति साँचो बिश्वास मा घात हुन्न कहिल्यै पनि

अज्ञात पाल्पाली

No comments:

Post a Comment