Thursday, April 7, 2011

गजल - " पराइ ठान्दैनान् पाल्पाली ले" - अज्ञात पाल्पाली

गजल - " पराइ ठान्दैनान् पाल्पाली ले" - अज्ञात पाल्पाली

को हो आफ्नो को पराइ ठान्दैनन् पाल्पालीले
नजिक र टाढा भन्दै छान्दैनन् पाल्पालीले

सबै जति आपस मा मिलिजुली बस्छन
जात भात रंग भेद मान्दैनन् पाल्पालीले

मिठो  बोल्छन  सधैं नै गर्दैनन् तितो कुरा
कसै सँग रुखो बोल्न जान्दैनन् पाल्पालीले

सुख शान्ति प्रगती को गर्छौ सधैं कामना
कसैको खुट्टा कहिल्यै तान्दैनन् पाल्पालीले

मेची कालि हाम्रै घर नेपाली  हाम्रो थर
म पहाडी तँ मधेसी भन्दैनन् पाल्पालीले

अज्ञात पाल्पाली

No comments:

Post a Comment