Saturday, April 23, 2011

गजल- बस्ती छाडी हिंडी दिन्छु

घायलको तरही मुसायरा को सफलता को कामना गर्दै भाग ७ को लागि मेरो सहभागिता यसरी राखेँ - अज्ञात पाल्पाली

गजल: कल्पना गिरी भावुक
मिसरा: बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
काफिया: बल्छ
रदिफ: भने
लय: बस्ती छाडी /हिंडी दिन्छु //दियो बल्छ /भने
४+४+४+२=१४

बिकास को बोट रोपौं यदि फल्छ भने
रोपेर नी अर्थ हुन्न बेला टल्छ भने

परिश्रम गर्‍यो भने स्वर्ग बन्छ यहि
बगाई दिउँ पसिना माटो  गल्छ भने

नबसौं है युवा हामी हात खुट्टा बाँधी
सत्कर्म मा लागौं अझैं मुटु चल्छ भने

मरी लानु केही छैन तेरो मेरो किन ?
अर्ती दिनु ब्यर्थै हुन्छ ज्ञान ढल्छ भने

यो बस्ती को लागि मैले सबै त्याग गर्छु
बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने

अज्ञात पाल्पाली

No comments:

Post a Comment