Friday, April 22, 2011

गजल - " नेता लाई हानौं एक चड्कन फेरि " - अज्ञात पाल्पाली


गजल - " नेता लाई  हानौं एक चड्कन फेरि " - अज्ञात  पाल्पाली




 गजल जस्तो बनेको भए पनि नेपालका नेता हरुले गर्ने गरे का काम कुरा हरु लाई यसरी पोख्ने कोशिस गरेँ शायद हरु पनि सहमत हुनुहुन्छ की ?

काफिया - कमाउन
रफिद- खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
लय - भ्रष्टाचार/  गरी गरी / मोटो रकम/ कमाउन/ खोज्ने नेता लाई/ हानौं एक/ चड्कन फेरि
४+४+५+४+६+४+५=३२


भ्रष्टाचार  गरी गरी , मोटो रकम कमाउन, खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
सर्बहारा हुँ म भन्दै, ठुला महल बनाउन , खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि




यता कोहि भोकै छन, बिरामी हुँदा  पैसा छैन, कठै बरा भन्दै, सघाउने मानिस छैन

उता सधैं पाँचतारे मा, प्रिती भोज मनाउन, खोज्ने नेता लाई,  हानौं एक चड्कन फेरि


जनता को कर बाट, तलब भत्ता खाने अनी, जनताकै काम गर्न, छोडी बिदेश जाने

नेपालीको पैसा सकी, भ्रमण गर्दै रमाउन , खोज्ने नेता लाई,  हानौं एक चड्कन फेरि


घर दैलो पुगी पुगी, मागेका थियौ भोट तिम्ले, संबिधान लेख्छौ भनी, बिर्सियौ की के हो खै ?

भाखा मात्रै सारी सारी, आफ्नै शासन थमाउन, खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि


शहिद ले हाँसी  हाँसी,  रगत दिए हाम्रो लागि, तर तिमी हरु ले त, पानी सम्झी बगाई दियौ

रगत र पसिना को, फाईदा आफै समाउन, खोज्ने नेता लाई,  हानौं एक चड्कन फेरि

अज्ञात पाल्पाली
      

No comments:

Post a Comment