Wednesday, August 3, 2011

गजल - जान्दा जान्दै बिग्रिएँ म

गजल - अज्ञात पाल्पाली

यस्तै हुन्छ भन्ने कुरा जान्दा जान्दै बिग्रिएँ म
उनी लाई आफ्नो मान्छे ठान्दा ठान्दै बिग्रिएँ म

म त परेँ सार्है सिधा दाँया बाँया आउदैन
जे जे भन्छे त्यहि त्यहि मान्दा मान्दै बिग्रिएँ म

साथ दिन्छु भन्ने हरु कति आए कति गए
एक पछी अर्को गर्दै छान्दा छान्दै बिग्रिएँ म

मोहिनी को चाल उस्तै हेर्दा हेर्दै मात लाग्ने 
बेहोशीमा उस्को हात तान्दा तान्दै बिग्रिएँ म

No comments:

Post a Comment