Tuesday, April 19, 2011

पाँच हाईकू - अज्ञात पाल्पाली

पाँच हाईकू - अज्ञात पाल्पाली

= १ =
ईन्द्रेणी रंग
सात थरी हुन्छ रे
गन्नै सकिन

= २ =
चोट सहेर
तपस्या गर्नु पर्छ
प्रेम को लागि

= ३ =
आँट बटुली
उनी सामु गएथेँ
भन्नै सकिन

= ४ =
जवानी न हो
कसको आउदैन
सम्हाल्नु पर्छ

= ५ =
झगडा हुने
जाने को भए म त
आउँदिन थेँ

अज्ञात पाल्पाली
.

No comments:

Post a Comment