Tuesday, April 5, 2011

कबिता - \"मेरो देश मा यस्तो किन ?\"-

कबिता - \"मेरो देश मा यस्तो किन ?\"- अज्ञात पाल्पाली

अरु देश मा जस्तै
मेरो देश मा पनि फुल फुल्छ
तर बासान छैन किन ?
अरु देश मा भन्दा
मेरो देश मा अग्ला हिमाल हरु छन
तर हाम्रो शिर उच्च छैन किन ?
अरु को देश मा जस्तै 
मेरो देश मा पनि हावा बहन्छ
तर स्वच्छ छैन किन ?
अरु देश को आकाश मा जस्तै
मेरो देश मा पनि बादल लाग्छ
तर बर्साद हुँदैन किन ?
अरु देश मा जस्तै
मेरो देश मा पनि बिभिन्न जति छन
तर जातिय भिन्नता किन ?
अरु देश को तुलना मा
मेरो देश मा नेता हरु धेरै छन
तर सु-शासन छैन किन ?
अरु देश मा जस्तै बच्चा
मेरो देश मा पनि जन्मन्छ
तर रोगी हरु धेरै किन ?
अरु देश मा जस्तै
मेरो देश मा पनि नागरिक छन
तर सबै पार्टीको लागि मर्छन किन ?
अरु देश मा जस्तै सत्ता को लागि
मेरो देश मा पनि बिजयी हुन्छन 
तर ईमन्दार छैनन् किन ?
त्यसैले दिक्क लाग्छ मलाई
मेरो देश मा येस्तो किन ?
मेरो देश मा येस्तो किन ?

अज्ञात पाल्पाली

No comments:

Post a Comment