Sunday, April 3, 2011

गजल - "संगै मर्न पाए हुन्थ्यो " अज्ञात पाल्पाली


गजल -  "संगै मर्न पाए हुन्थ्यो " अज्ञात पाल्पाली

जन्म बेग्लै भए पनि संगै मर्न पाए हुन्थ्यो
यो मन का सबै ईच्छा पुरा गर्न पाए हुन्थ्यो

जहिले नि तिमीलाई भेटुँ भेटुँ जस्तो लाग्छ
टाढा भयो हाम्रो बास बस्ती सर्न पाए हुन्थ्यो

एकै ईच्छा एकै लक्ष्य बनाएर जिउला नि

जिन्दगी को  जङ्घार मा संगै तर्न पाए हुन्थ्यो


सबैले भन्ने गर्छन फुल हो रे यो जिन्दगी
फुल जस्तै फुली फेरी संगै झर्न पाए हुन्थ्यो

एक जूनी मात्रै किन सयौ जूनी साथ दिदै
तिम्रो त्यो मुहार भरि खुशि छर्न पाए हुन्थ्यो

अज्ञात पाल्पाली

No comments:

Post a Comment