Sunday, May 29, 2011

गजल:-रानी भयौ तिमी आज - अज्ञात पाल्पाली

घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग -१२  लागि मैले गजल  यसरी लेखेँ  'घायल '  जी ! लाई धन्यबाद

गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
काफिया:बानी
रदिफ: भयौ तिमी आज
लय: हिजै लाग्छ/ मुटु साट्या// बानी भयौ/ तिमी आज
४+४+४+४=१६


मेरो सानो संसारको रानी भयौ तिमी आज
सबै भन्दा धरै प्यारी नानी भयौ तिमी आज


मिसरा-ए-उला भएँ तिमी बिना अधुरो म
यो शेरमा मिसरा-ए-सानी भयौ तिमी आज


पानी प्यास लाग्या हैन जवानीको प्यास लाग्या
जवानीको प्यास मेट्ने पानी भयौ तिमी आज

मन मुटु साटेको नि बर्षौं  बिती सक्दा पनि
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज

सबै तिम्रो कुरा गर्छन् तिम्रै चर्चा जता ततै
धर्ती भरि सौन्दर्यकी खानी भयौ तिमी आज


अज्ञात पाल्पाली

Thursday, May 26, 2011

गजल - " पानी चल्दैन किन " -अज्ञात पाल्पाली

गजल - " पानी चल्दैन किन " -अज्ञात पाल्पाली

कसैको चुल्हो जल्दैन किन ?
कसैको पानी चल्दैन किन ?

जनता झनै थिचिँदै छन
सामन्ती जरा ढल्दैन किन ?

बियोग यस्तो देखेर पनि
निर्दयी मन गल्दैन किन ?

बुद्धको देश अशान्त देख्छु
शान्तिको दियो बल्दैन किन ?

नेपाली हामी नेपाल हाम्रो
मित्रता यहाँ फल्दैन किन ?

अज्ञात पाल्पाली

Monday, May 23, 2011

घायलको तरही मुसायरा भाग -११

 
गजल: कल्पना अवस्थी 
मिसरा: आँसु बगी पीडाहरु गलेपछि के को चासो
काफिया: गलेपछि
रदिफ: के को चासो
लय: आँसु बगी /पीडाहरु//गलेपछि /के को चासो
४+४+४+४=१६

सुख दिँदा दु:ख खोजी दलेपछि  के को चासो
रहरका खम्बाहरु ढलेपछि के को चासो

आफ्नै सम्झी पछी लागेँ छोप्न अझै सके छैन
आफ्नै मान्छे छाँया बनी छलेपछि के को चासो

प्रियसीको प्रतिक्षामा मन्को दीयो बाली बसेँ
मन्को दीयो राँको बनी बलेपछि के को चासो

सम्झी सम्झी रुँदा रुँदा गले सबै पीडा पनि
आँशु बगी पीडा हरु  गलेपछि के को चासो

सोध्ने गर्थ्येँ सधैं मैले तिम्रो ईच्छा के छ भनी
तर तिम्रो चहाना नै जलेपछि के को चासो

अज्ञात पाल्पाली