Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, May 1, 2016

कविता - पसिनाको मूल्य र महत्व

कविता - पसिनाको मूल्य र महत्व

म एक श्रमिक हुँ
श्रम बजारमा पसिना बेच्ने ...
पैसा कमाउछु म पसिना बेचेर
मेरो पसिनाको थोपा थोपाको मूल्य छ
तर अफसोस
कहिले मैले मेरो पसिनाको मूल्य पाईन
खै मेरो पसिनाको मूल्य र महत्व ?
खै मेरो मेहनत र इमान्दारीताको महत्व ?
किन बुझ्दैनौ साहु जी
एक श्रमिकको मूल्य र महत्व

बुझ्छौ त केवल उत्पादित सामानको मूल्य
अनि बुझ्छौ त्यस बाट आउने फाईदाको मूल्य
तर अह कहिले बुझ्दैनौ एक श्रमिकको मूल्य
जसले तिमी बस्ने आलिसान बङ्गला बनायो
जसले तिमी चढ्ने विलासी गाडी बनायो
जसले तिमीले लगाउने महँगो बस्त्र बनायो
यस्तै यस्तै सबै सबै कुरा बनायो
तर तिमीले बनायौ त केवल
उसैको तिमीले सस्तो मूल्य बनायौ
जसले आजको छाक आजै कमाएर जोड्नु पर्छ
उसैलाई महिनाको तलब
महिना बितेको कैयौ दिन पछि दिने
शामन्ती निती नियम बनायौ
र भन्यौ
तलब समय मै दिन्छु मैले
समय नभएको कुन समय हुन्छ र साहु जी ?
अझ लाजै नमानी भन्छौ धेरै दिएको छु
अचम्मको छ यो पैसा भन्ने पनि
आफ्नो हातको करोडौं पनि थोरै हुने
अरुको हातको सय पनि धेरै हुने
तिमी बुझ्दैनौ साहुजी जी यस्ता कुरा
साएद बुझ्थ्यौ होला
मैले जस्तै पसिना बगाउनु परेको भए
मैले जस्तै भोको पेट निदाउन परेको भए
पैसा नभएर आमाको उपचार गराउन नसकेको भए
सन्तानलाई शिक्षा दीक्षा दिन नसकेको भए
हो यस्तै यस्तै आभाव भएको भए
अबस्य बुझ्ने थियौ श्रमिकको मूल्य र महत्व
तर छैन तिमी संग मेरो जस्तो
गरिवीले ल्याएको अनेकौं पीडाहरु
मेरो जस्तै कथा अनि व्यथाहरु
हो त्यसैले बुझ्दैनौ तिमीले
श्रमिकको पसिनाको मूल्य र महत्व

@ अज्ञात पाल्पाली

Sunday, January 3, 2016

कविता :- समय संगै म

कविता : -   समय संगै म 

ऋतुको हिसाबले
हराभरा हरियाली बसन्तमा
जन्मिएको मान्छे हुँ  म
तर जीवनको कुरा गर्ने हो भने
अलि बेग्लै छ मेरो जीवन कथा
अलि बेग्लै छ मेरो पीडा अनि ब्यथा

कहिले  गृष्मको तातो तातो हावामा
निसासियो मेरो जीवन
उकुस मुकुस स्वासै फेर्न गार्हो
जीवन मरणको दोसधमा रहेर
प्रतिकुलतामा बाँच्नु पर्यो
त कहिले आफै भित्र भित्र जलेर
धुँवा धुँवा भएर उड्नु पर्यो

जव जव बर्षाद होला र फेरी
निभेर संघर्ष गर्दै पलाउँला भन्थें
तव फेरी मुशलधारे पानीको मारमा पर्छु
र फेरी बगाउछु आफैलाई
उही भिरको रुख पहिरोले खसाए जस्तै
लड्दै , भासिदै , निकासिदै घिसारीन्छु म

अनि लछार पछार हुन्छन
मेरा खुशीका हाँगाहरु....
चोइटिन्छन मेरा चाहनाका बोक्राहरु
छुट्टिन्छन मेरा हृदयका जराहरु
बदलिन्छु म एका  एक केहि बेर मै
सबै सबै छोडेर फगत  मुढामा
र मिसिन पुग्छु म अविरल बग्ने गंगामा ....

अब म जहाँ थिएँ त्यहाँ रहिन
निश्चित छैन मेरो स्थान ..
जस्तो थिएँ त्यस्तो रहिन.
बदलिएको छ मेरो आकार
बदलिएका छन् मेरा चाहनाहरु र
बदलिएको छ मेरो अब  लक्ष्य पनि

छ त केवल अविरल बग्दै बग्दै
नदि संगै सागरमा पुगेर ..
पलपल संगै रहने ....
तैरिदै डुब्दै .. .डुब्दै तैरिदै ...
कालान्तर कालान्तर सम्म
बस जति रहन्छु  समय संगै म

अज्ञात पाल्पाली 

Friday, June 19, 2015

कविता :--- आँसु ऋतु

कविता :--- आँसु ऋतु

मन भित्र
अरु ऋतु भन्दा धेरै
वर्षा ऋतु नै हुदो रै छ
 र
यो प्रकृति ऋतु जस्तो
आफ्नो समयमा
आउने पनि हैन रै छ
जति बेला पनि आउन सक्ने
पलपल मै बद्लिन सक्ने
कहिले खुशी  हर्ष बनेर 

कहिले दुख पीडा बनेर आउदो रै छ
 "आँसु"
उही बर्षा को झरी जस्तै
एकै छिन् घाम
अनि फेरी पानी
तेसैले भन्न मन लाग्छ
वर्षा ऋतु
यानी कि
आँसु ऋतु  

अज्ञात पाल्पाली

Wednesday, April 22, 2015

कविता- मेरो माया र मलाई

कविता-  मेरो माया र मलाई

एउटा कसैले
नाजायज सम्बन्ध बाट
जन्माएर एकान्तमा कतै
फाली दिएको  बच्चा जस्तो
एक नाबालक अनाथ जस्तै
मेरो माया र म 

झरी परेको बेला
ममताको प्रतिक्षामा हुन्छु
तेही अबोध बालक जस्तै
म न बोल्न सक्छु न केहि गर्न
चुपचाप आखाँहरु डुलाई रहन्छु
कतै साथ र माया पाउछु कि भनी

असफल भए  मेरा नजरहरु
कम्जोर हुन्छन मेरा बिश्वासहरु
तर पनि अझै पाउँछु कि भन्ने
आशै आशमा घन्टौ बित्छ
अह कतै पनि आभास सम्म मिल्दैन
अनि आफ्नै आशालाई मारी दिन्छु


निराशालाई साथ लिएर
एक गन्तव्य बिहिन यात्री जस्तै
रोई रहेको आकाश र म
साथी बनेर चार प्रहर बिताउछौ
आकाश रुन छोडी सक्यो ...
तर अहः म उस्तै छु
रोई रहेछु रोइ रहेछु

समय बदलि सक्यो
पानी परेर खुलेको दिन
सायद हर्षमा भएको भए
कति रमाइलो हुने थियो होला
कति  पहारिलो हुने थियो होला
तर पीडै  पीडाले सताएको दिन
कति उराठ कति कति नरमाइलो
कति दिक्क लाग्दो छ्या sss

गह रसाएका रसाएकै छन्
थाहा छैन कहिले सम्म हो
जिउदो लास जस्तै छ
मेरो माया र म
न मेरै भूलले मारें
मेरो माया र मलाई
न कसैले हत्या गरि दियो
मेरो माया र मलाई _ २    

 @ अज्ञात पाल्पाली

Thursday, December 5, 2013

कविता : - कसम पिरतीको .......



"कसम पिरतीको "

मेरी प्राण प्यारी मेरो मुटुको धड्कन
म पिर , ब्यथा र बेदनाले
जतिनै छट्पटिएको किन न हुँ
त्यसको असर तिमीलाई
कत्ति पनि पर्न दिने छैन
कसम पिरतीको

मेरो हासो खुशी मेरो जीवन
मेरो मन प्रतिकुल परिस्थितिले
भित्र भित्रै जलेर खरानी किन नहोस
म त्यसको राप तिमीलाई पर्न दिन्न
प्राण रहेसम्म माया नै माया दिनेछु
कसम पिरतीको

सुख दु :खमा साथ दिने हे मन
म जीवन जिउने क्रममा
दु:खका आँधी वेरी नै किन न आओस
म तिमीलाई त्यसको आभास हुन दिने छैन
सधै सधै शितल पवन नै दिनेछु
कसम पिरतीको

अज्ञात पाल्पाली

Friday, August 26, 2011

कबिता _ " तानसेन ले भन्छ रे " अज्ञात पाल्पाली


 कबिता _ " तानसेन ले भन्छ रे " अज्ञात पाल्पाली
तानसेन ले भन्छ रे हिमाल तिमी हाँसन
हिमाल ले भन्छ रे मलाई हेरी राखन
तानसेन र हिमाल माया जालमा फसेछ
धेरै बर्ष भई सक्यो पर्खिएर बसेछ

चिसो चिसो बतास श्रिनगरको सुसेली
सार्है राम्रो ठाउँ पनि उस्तै राम्रा पाल्पाली
धेरै जाति छन यहाँ मित्रता छ बलियो
मेची महाकाली सम्म हाम्रो नाता फैलियो

बोले मात्रै हुन्छ हामी ईतिहासले चिनाउछ
जन्मिए मात्रै हुन्छ हामी पाल्पाले नै हिडाउछ
त्यसैले त गर्ब लाग्छ मेरो जन्मभुमी मा
पाल्पामा नै जन्मिन पाऊँ फेरी अर्को जुनीमा

बिर्सिएको छैन कहिले जन्मिए हुर्के म त्यहाँ
आज म त प्रदेश मा मेरा साथी छन कहाँ
टुटेको पनि छैन साईनो छुटेछैन मित्रता
कति साथी सफल भए कति भए बेपत्ता

अज्ञात पाल्पाली

Thursday, July 21, 2011

कविता - " ती आँखा मा फुलो परोस " अज्ञात पाल्पाली

कविता - " ती आँखा मा फुलो परोस " अज्ञात पाल्पाली

जनताको रगत र पसिना बाट आर्जेको
देशको ढुकुटी मा आँखा लगाउने को
द्रिश्य शक्ति नै गुमोस
भनेर भन्दिन म
तर यति त भन्छु भन्छु
ती आँखा मा फुलो परोस
ति आँखामा धुलो परोस

भ्रस्टचार गरेर जम्मा पारेको पैसाले
मिठो खाने नेता को
भुँडी नै फुटोस त
भनेर  भन्दिन म
तर यति त भन्छु भन्छु
त्यो खाना ले पखाला चलोस
खपी नस्क्नु पेट दुखोस

आलिशान महलमा
महंगा बस्त्र ओढेर मस्त निदाउदा
महल भत्केर च्याँपोस
भनेर त भन्दिन म
तर यति त भन्छु भन्छु
सपनामा जनताले खेदेको देख्न परोस
र झस्केर होश हवास जाओस

यस्ता मतियारहरु का सन्तान
कु सन्तान भएर जन्मिउन
भनेर त भन्दिन म
तर यति त भन्छु भन्छु
ती सन्तान हरु ले
आफ्नै बुवा आमा लाई हेला गरुन
नसुध्रिए सम्म  घृणा  गरुन

अज्ञात पाल्पाली 
 

Saturday, June 25, 2011

कविता - "भाङ भुसडा सभासद भए"

कविता -  "भाङ भुसडा सभासद भए"
 

भाङ भुसडा सभासद भए

रातो पासपोर्ट बेचेर खाए

अदालतमा मुद्धा चल्यो
सजायमा  मन्त्री पाए


जनताले रगत बगाइ
नेपालमा गणतन्त्र ल्याए
गर्नु सम्म दु:ख गरे
आखिर मा के नै पाए

निमुखा का शासक अरे
मोज गर्न बिदेश धाए
राम्रा कुरा उतै छोडी
सुन बोकी घर आए

राष्ट्रिय गीत गाउन छोडी
मस्की मस्की दोहोरी गाए
देश का गहना भन्ने हरु
तिनीहरु कै पछि लाए

अज्ञात पाल्पाली

Tuesday, April 5, 2011

कबिता - \"मेरो देश मा यस्तो किन ?\"-

कबिता - \"मेरो देश मा यस्तो किन ?\"- अज्ञात पाल्पाली

अरु देश मा जस्तै
मेरो देश मा पनि फुल फुल्छ
तर बासान छैन किन ?
अरु देश मा भन्दा
मेरो देश मा अग्ला हिमाल हरु छन
तर हाम्रो शिर उच्च छैन किन ?
अरु को देश मा जस्तै 
मेरो देश मा पनि हावा बहन्छ
तर स्वच्छ छैन किन ?
अरु देश को आकाश मा जस्तै
मेरो देश मा पनि बादल लाग्छ
तर बर्साद हुँदैन किन ?
अरु देश मा जस्तै
मेरो देश मा पनि बिभिन्न जति छन
तर जातिय भिन्नता किन ?
अरु देश को तुलना मा
मेरो देश मा नेता हरु धेरै छन
तर सु-शासन छैन किन ?
अरु देश मा जस्तै बच्चा
मेरो देश मा पनि जन्मन्छ
तर रोगी हरु धेरै किन ?
अरु देश मा जस्तै
मेरो देश मा पनि नागरिक छन
तर सबै पार्टीको लागि मर्छन किन ?
अरु देश मा जस्तै सत्ता को लागि
मेरो देश मा पनि बिजयी हुन्छन 
तर ईमन्दार छैनन् किन ?
त्यसैले दिक्क लाग्छ मलाई
मेरो देश मा येस्तो किन ?
मेरो देश मा येस्तो किन ?

अज्ञात पाल्पाली

कबिता -\"बिस्वास गरे तिमी माथि \"-

कबिता -\"बिस्वास गरे तिमी माथि \"-अज्ञात पाल्पाली

दुई हात ले आँखा छोपि बिस्वास गरे तिमी माथि
घात गर्यौ आखिर तिमीले दु:ख पाएँ कति कति

नयन का रस देखाई कठोर मन लाई बश मा पार्यौ
मिठो मिठो बोली सुनाई आखिर मलाई प्रभाब पार्यौ
तरल जस्तो तिम्रो मन आज फेरी कता बग्यो
भल बाडि नै आएछ कि माया प्रिती बगाई लाग्यो

दुई हात ले ।।।।।।
घात गर्यौ ।।।।।

बसन्त को हरियाली झै हाम्रो प्रिती झुल्दै थियो
बार्हमासे फुल झै गरि हाम्रो माया फुल्दै थियो
बतास जस्तो तिम्रो ईच्छा आज कता चल्न थाल्यो
आँधी बेहेरी आएछ कि तिमिलाई नै उडाई लाग्यो

दुई हात ले ।।।।।
घात गर्यौ ।।।। 

शरद को आकाश जस्तै हाम्रो बिचार खुला थियो
कस्तो राम्रो जोडी भन्थे चारै तिर हल्ला थियो
बादल जस्तो तिम्रो चाहा अनायसै आकाश छायो
गड्याङ गुडुङ गर्न लाग्यो सम्बन्ध मा चट्याङ आयो

दुई हात ले ।।।।
घात गर्यौ ।।।।

अज्ञात पाल्पाली

कबिता -\" टाढा भएर मुटु रेटेयौ \"-

कबिता -\" टाढा भएर मुटु रेटेयौ \"-अज्ञात पाल्पाली

छुट्दा तिमी रुदै छुट्यौ
टाढा भएर मुटु रेटेयौ
साथ दिन सक्दिनथ्यौ त
फेरी तिमीले किन भेट्यौ

किन धेरै माया गर्यौ
छोडी जानु थियो भने
न त लग्यौ संगै तिमीले 
न त ठाउँ छ कतै जाने

अर्को मिठो संसार मा
तिमी फेरी रमाउदै छौ
मलाई जस्तै धोका दिन
फेरी कुन हात समाउदै छौ

जे भए नि जसो भए नि
खुसि रहे सधैं भरि
ती नयन मा आँशु हरु
नछल्कियोस कहिलै फेरी

अज्ञात पाल्पाली

कबिता -\"फुलको डाली समाई रमाएँ \"-अज्ञात पाल्पाली

कबिता  -\"फुलको डाली समाई रमाएँ \"-अज्ञात पाल्पाली

फुल चुडि सकेछ कसैले
फुलको डाली समाई रमाएँ
पुर्णिमा को जुन आस्ताई  सकेछ
पर्खि बसेँ औशि को जुन पाँए
तर पनि
अचेल बानि परि सकेछ
यस्तै यस्तै मा धेरै रमाएँ 
जुन तारा को शितल छहारी मा
निदाउन नसकि छटपटाएँ
चैत बैशाक को चर्को घाम मा
मस्त मस्त निदएँ
खै किन हो
अचेल मलाई यस्तै मन पर्छ
अनुकुलता छोडेर प्रतिकुलता मा रमाएँ
यथार्थ तितो छ
त्यसैले म सपनी मा बरबराएँ
बास्तबिकता भयाबह छ
त्यसैले  म बिपनी मा कराएँ
सायद मेरो
तक्दिर नै दोशी भएर होला
भएको सबै गुमाएँ र पनि रमाएँ

अज्ञात पाल्पाली

कविता -\"खोजी खोजी कलम भाँच्यौ \" अज्ञात पाल्पाली

कविता  -\"खोजी खोजी कलम भाँच्यौ \" अज्ञात पाल्पाली

आन्दोलन को बाजा बजाइ
बिकास को गीत गायौ
के के गर्छु भन्थौ आखिर
तिम्रो पनि चाल पायौ
नागरिक को नाम मा तिमी
मर्किमर्की छमछम नाच्यौ
उनकै स्वर उनकै तालमा
मोटो कमर कसरी भाच्यौ
कुर्ची माथि बस्दा सम्म
छिमेकी को साईनो माग्यौ
कुर्ची बाट फाले तिमीलाई
भन्न थाल्यौ  सिमाना मिच्यौ
सत्ता म तिमी हुँदा खेरी
सीमाना सबै ठिकै देखेयौ
फालीदिए  सरकार  बाट
आन्दोल को तालिका लेख्यौ
फुटेका थिए र तिम्रो आँखा
छिन्छिन मै फरक देख्यौ
फेरी मच्चाउ आतंक भन्दै
गाउँ गाउँ मा पत्र लेख्यौ
सम्झौता को नाम मा तिमीले
झुक्काएर शक्ति साँच्यौ
बिरुद्द मा लेख्ने  हरु को
खोजी खोजी कलम भाँच्यौ