Showing posts with label हाइकू. Show all posts
Showing posts with label हाइकू. Show all posts

Wednesday, May 4, 2011

हाइकू - " पाँच हाइकूहरु "- अज्ञात पाल्पाली

हाइकू - " पाँच हाइकूहरु "- अज्ञात पाल्पाली
 १
सोच्नै सकिन
कसरी आउछ खै
समुन्द्री आँधी

समय  संग
कस्को के लाग्छ र
उसैले जित्यो

अमुल्य धन
आफ्नै आँखा अगाडि
बगाई लग्यो

न त रोकिन्छ
नछेकेर छेकिन्छ
सोनामी  छाल

यौटा  बालक
धेरै रोइ रहेछ
आमाको खोजी

अज्ञात पाल्पाली


.

Tuesday, April 19, 2011

पाँच हाइकू - अज्ञात पाल्पाली

पाँच हाइकू - अज्ञात पाल्पाली

> १ <
लाज मानेर
नबोलेकी होलिन
चाल पाइयो

> २ <
पानी त पर्‍यो
कहिलै रुझिएन
किन हो कुन्नी

> ३ <
काग करायो
शुभ खबर छ कि
हेरौं के हुन्छ

> ४ <
हाँस्न त खोजेँ
मुटु दुखी रहेछ
सक्दिन होला

> ५ <
मुसुक्क हाँस्दा
जुन उदाय झैं भो
म हेरी रहेँ

  अज्ञात पाल्पली

पाँच हाईकू - अज्ञात पाल्पाली

पाँच हाईकू - अज्ञात पाल्पाली

= १ =
ईन्द्रेणी रंग
सात थरी हुन्छ रे
गन्नै सकिन

= २ =
चोट सहेर
तपस्या गर्नु पर्छ
प्रेम को लागि

= ३ =
आँट बटुली
उनी सामु गएथेँ
भन्नै सकिन

= ४ =
जवानी न हो
कसको आउदैन
सम्हाल्नु पर्छ

= ५ =
झगडा हुने
जाने को भए म त
आउँदिन थेँ

अज्ञात पाल्पाली
.

हाइकू -" पाँच हाइकू " - अज्ञात पाल्पाली

हाइकू -" पाँच हाइकू " -   अज्ञात पाल्पाली

= १ =
धेरै पहिले
एक पटक संगै
घुमेका थियौ

= २ =
स्वार्थी दुनिया
तिमी मात्र सँच्चा छौ
तिम्रो के लाग्छ

= ३ =
शितल हावा
खोजी रहेको बेला
हुरि पो चल्यो

= ४ =
सस्तो भएछ
मायाको मोल पनि
कस्तो अचम्म

= ५ =
अचेल किन
तिम्रो याद आउछ
पलपल मा

अज्ञात पाल्पाली