Showing posts with label छोटो कविता. Show all posts
Showing posts with label छोटो कविता. Show all posts

Saturday, August 6, 2016

म फूल बनी दिन्छु

छोटो कविता

हुरी बतासको चपेटामा परे पनि परूँ
असिनाले चुटे पनि चुटोस
खडेरीले सुकाएरै मारे नि मारोस
स्वार्थीले चुमेर छोडे   पनि छोडोस
भगवान कै नाममा मेरो हत्या भए नि होस
वा ढुङ्गे देउता कै नाममा होस
साचो प्रेम वा झुटो प्रेम प्रस्तावमा लगियोस
तर म चुपचाप निश्वार्थ सुवास दिन्छु
म फूल बनी दिन्छु

@ अज्ञात पाल्पाली

कागलाई बेल

छोटो कविता
 
कागलाई बेल पाके जस्तै छ
मलाई मेरो देशको राजनीति
फेरी फेरिएछ सरकार
गठबन्धन जोडे उनैले
गठबन्धन तोडे उनैले
फेरी अर्कै गठबन्धन जोडे उनैले
अब फेरी तोड्छन् कुनै दिन उनैले
भन्नुस कहाँ निर रमाउनु
के सम्झेर खुशियाली मनाउनु
दशकौं यस्तै चली रहेछ
कति मानी रहनु बिस्मात पनि
त्यसैले कागलाई बेल पाके जस्तै भयो
न हर्ष भो न बिस्मात ...........मलाई ..
 
@ अज्ञात पाल्पाली