Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Friday, December 25, 2015

मुक्तक :- अरु बिहानी के बिहानी

मुक्तक 

अरु बिहानी के बिहानी आजको बिहानी पो शुभ बिहानी
अरुको कहानी के कहानी तिम्रो मरो कहानी पो प्रेम कहानी
तिमी संग बिताएका पलपलको याद छ कति मिठो हुन्छ
तन दुई भए पनि यौटै हुन्छ मन, धड्कन अनि हाम्रो सिरानी

अज्ञात पाल्पाली 

मुक्तक :- मुखमा फूल दिलमा काँडा

# मुक्तक #
कतै मुखमा फूल दिलमा काँडा हुने संग भेट हुन्छ पृय
कतै मेरो दुखमा हाँस्ने सुखमा रुने संग भेट हुन्छ पृय
बिचित्रको छ यो संसार पनि अचम्म लाग्छ कता कता
कतै म जस्तै आँसु आँसुले मुख धुने संग भेट हुन्छ पृय

अज्ञात पाल्पाली 

Sunday, November 29, 2015

मुक्तक : -- अलि अलि पिउने गर्छु

मुक्तक 
अलि अलि पिउने गर्छु जब तिम्ले सताउछौ !
हुन्न आखिर भेट हाम्रो किन याद पठाउछौ !!
नपठाउ भो अब देखि मुटु दुख्ने यादहरु
भनी देउ प्रेमपीडा कैले देखि घटाउछौ .!!!

अज्ञात पाल्पाली 

Saturday, August 1, 2015

मुक्तक :- - छैन गुनासो कसै संग

मुक्तक 

छैन गुनासो कसै संग छ गुनासो आफै संग
तिमीलाई हाँसो के दिउँ छैन हाँसो आफै संग
बुझाउन पर्छ एकदिन माग्न आउने छ कोहि
सम्हालेर राख्नु छ मैले यो नासो आफै संग
@ अज्ञात पाल्पाली  #

Thursday, November 7, 2013

मुक्तक.........रमाउनु है दिदी !

मुक्तक

यौटा भाई नभए नि रमाउनु है दिदी !
अरु भाई संगै तिहार मनाउनु है दिदी !!
बिरानीमा छु म आज सम्झना छ धेरै
प्रदेशीलाई आशिर्बाद पठाउनु है दिदी !!!

अज्ञात पाल्पाली

Tuesday, April 26, 2011

मुक्तक - दीपा के.सी. .

मुक्तक - दीपा के. सी.

सागरमा मात्र पानी हुन्छ भनेको 
तर जमिन मा पनि हुँदो रहेछ
जीवनमा मिलन मात्र हुन्छ भनेको 
तर बिछोड पनि हुँदो रहेछ

तिमी बिना  हाँस्न पनि मनेन मन
तिमी बिना बाँच्न पनि मनेन मन
तिम्रै सम्झना ले सतायो झनझन
तिमी बिना त पागल सरि नै भयो मन