गजल: टेकेन्द्र अधिकारी
मिसरा: थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु
काफिया: पालेको
रदिफ: छु
लय: थाहा छैन /आफैँभित्र //ब्वाँसा कति /पालेको छु
लय - ४+४+४+४=१६
मन फाट्दा मनले नै धेरै चोटि टालेको छु
आँशु संगै पीडा हरु बगाएर फालेको छु
तिमी टाढा भए पछि एक्लै छोडी गए पछि
एकान्तमा बसी एक्लै टोलाउन थालेको छु
सौन्दर्य त देख्नै हुन्न प्यास बढ्छ त्यसै त्यसै
थाहा छैन आफै भित्र ब्वाँसा कति पालेको छु
खोज्दैछु म अझैं पनि कसै गरि भेट्छु भनी
खोज्दै जाँदा आफै लाई भुमरीमा हालेको छु
खुशी रहे चाहाना भो सुखी रहे कामना भो
मन्दिरमा तिम्रै निम्ति दीयो सधैं बालेको छु
अज्ञात पाल्पाली
प्रकाशित रचना हरु
- कविता
- गजल
- गिती कथा
- गीत
- घायलको तरही मुसायरा
- छोटो कविता
- पाल्पाली आवाज
- फोटो गजल
- फोटो संकलन
- बिषय ज्ञान
- मुक्तक
- म्युजिक भिडिओ
- लेख
- विधा ज्ञान
- साथीका रचना
- हाइकू
- हाइकू/सेन्र्यू
Showing posts with label घायलको तरही मुसायरा. Show all posts
Showing posts with label घायलको तरही मुसायरा. Show all posts
Saturday, July 2, 2011
Saturday, June 25, 2011
भाग - १५
मिसरा -पराइको खुशी संगै नाँच्न पनि मानेन मन
काफिया - नाँच्न
रदिफ - पनि मानेन मन
लय - ४+४+४+५=१७
छोडी गयौ /एक्लै पारी //हाँस्न पनि /मानेन मन
पराइको /खुशी संगै /नाँच्न पनि /मानेन मन
रोपें फूल /फुल्ला भनी //काँडा बनी /पलाई दियौ
आफै रोपी /आफै डाली //भाँच्न पनि /मानेन मन
आफु जस्तो /उस्तै सम्झें //जाली रै'छौ /आखिर तिमी
जाँच्नु पर्ने /तिम्रो बानी //जाँच्न पनि /मानेन मन
बगी गए /आँशु सबै //तिमी लाई /सम्झिदै रुँदा
हर्ष लाई /भन्दै आँशु //साँच्न पनि /मानेन मन
तड्पिएर /बाँचु कति //सधैं भरि /घायल सरि
मर्छु होला /अब म त //बाँच्न पनि /मानेन मन
काफिया - नाँच्न
रदिफ - पनि मानेन मन
लय - ४+४+४+५=१७
छोडी गयौ /एक्लै पारी //हाँस्न पनि /मानेन मन
पराइको /खुशी संगै /नाँच्न पनि /मानेन मन
रोपें फूल /फुल्ला भनी //काँडा बनी /पलाई दियौ
आफै रोपी /आफै डाली //भाँच्न पनि /मानेन मन
आफु जस्तो /उस्तै सम्झें //जाली रै'छौ /आखिर तिमी
जाँच्नु पर्ने /तिम्रो बानी //जाँच्न पनि /मानेन मन
बगी गए /आँशु सबै //तिमी लाई /सम्झिदै रुँदा
हर्ष लाई /भन्दै आँशु //साँच्न पनि /मानेन मन
तड्पिएर /बाँचु कति //सधैं भरि /घायल सरि
मर्छु होला /अब म त //बाँच्न पनि /मानेन मन
Tuesday, June 14, 2011
भाग -१४
गजल: बिष्णुनन्द चाम्लिङ्ग
मिसरा: नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
काफिया: मुठी
रदिफ: मेरो रचनामा
लय: नेपाल आमा/खोल्छिन् मुठी//मेरो /रचनामा
५+४+२+४=१५
मित्रता राम्रो जडिबुटि मेरो रचनामा
सबै मानिस हेर उठी मेरो रचनामा
लेखी दिउँ कि रिषिमुनि बस्ने ठाउँ भनी
सुन्दर अनि शान्त कुटि मेरो रचनामा
सबैको उस्तै हक हुन्छ ब्यक्तिको त हैन
सम्पत्ति हो यो साझा गुठी मेरो रचनामा
जनता लाई अधिकार किन दिन्नौ भन्दै
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
'पाल्पाली'लाई मनपर्ने राम्रो आनिबानी
सुधार गरौं सबै जुटी मेरो रचनामा
अज्ञात पाल्पाली
मिसरा: नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
काफिया: मुठी
रदिफ: मेरो रचनामा
लय: नेपाल आमा/खोल्छिन् मुठी//मेरो /रचनामा
५+४+२+४=१५
मित्रता राम्रो जडिबुटि मेरो रचनामा
सबै मानिस हेर उठी मेरो रचनामा
लेखी दिउँ कि रिषिमुनि बस्ने ठाउँ भनी
सुन्दर अनि शान्त कुटि मेरो रचनामा
सबैको उस्तै हक हुन्छ ब्यक्तिको त हैन
सम्पत्ति हो यो साझा गुठी मेरो रचनामा
जनता लाई अधिकार किन दिन्नौ भन्दै
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
'पाल्पाली'लाई मनपर्ने राम्रो आनिबानी
सुधार गरौं सबै जुटी मेरो रचनामा
अज्ञात पाल्पाली
Sunday, June 5, 2011
भाग -१३
गजल: प्रभा आचार्य
मिसरा: स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
काफिया: ढलाउनु
रदिफ: हुन्न
लय: स्वाभिमानी/नेतृत्वको//आस्थालाई/ढलाउनु/हुन्न
४+४+४+४+२=१८
माया फल्ने हृदयमा घृणा हरु फलाउनु हुन्न
आपसमा कहिल्यै नि वैरभाव पलाउनु हुन्न
तिम्रो जस्तै हाम्रो पनि बाँच्ने उस्तै अधिकार हुन्छ
बिचारको बिरुद्ध मा अधिकार गलाउनु हुन्न
रगतको रंग उस्तै चोट लाग्दा दुख्ने पीडा उस्तै
जातियता आधरमा सत्ता भत्ता चलाउनु हुन्न
मिलीजुली बसौं हामी तिम्रो मेरो सुख दु:ख बाडौं
आफ्नै मन भित्र भत्रै दु:ख हरु जलाउनु हुन्न
आशा राखौं अझैं पनि असल नेता आउला भनी
स्वाभिमानी नेतृत्वको आस्था लाई ढलाउनु हुन्न
अज्ञात पाल्पाली
मिसरा: स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
काफिया: ढलाउनु
रदिफ: हुन्न
लय: स्वाभिमानी/नेतृत्वको//आस्थालाई/ढलाउनु/हुन्न
४+४+४+४+२=१८
माया फल्ने हृदयमा घृणा हरु फलाउनु हुन्न
आपसमा कहिल्यै नि वैरभाव पलाउनु हुन्न
तिम्रो जस्तै हाम्रो पनि बाँच्ने उस्तै अधिकार हुन्छ
बिचारको बिरुद्ध मा अधिकार गलाउनु हुन्न
रगतको रंग उस्तै चोट लाग्दा दुख्ने पीडा उस्तै
जातियता आधरमा सत्ता भत्ता चलाउनु हुन्न
मिलीजुली बसौं हामी तिम्रो मेरो सुख दु:ख बाडौं
आफ्नै मन भित्र भत्रै दु:ख हरु जलाउनु हुन्न
आशा राखौं अझैं पनि असल नेता आउला भनी
स्वाभिमानी नेतृत्वको आस्था लाई ढलाउनु हुन्न
अज्ञात पाल्पाली
Sunday, May 29, 2011
गजल:-रानी भयौ तिमी आज - अज्ञात पाल्पाली
घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग -१२ लागि मैले गजल यसरी लेखेँ 'घायल ' जी ! लाई धन्यबाद
गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
काफिया:बानी
रदिफ: भयौ तिमी आज
लय: हिजै लाग्छ/ मुटु साट्या// बानी भयौ/ तिमी आज
४+४+४+४=१६
मेरो सानो संसारको रानी भयौ तिमी आज
सबै भन्दा धरै प्यारी नानी भयौ तिमी आज
मिसरा-ए-उला भएँ तिमी बिना अधुरो म
यो शेरमा मिसरा-ए-सानी भयौ तिमी आज
पानी प्यास लाग्या हैन जवानीको प्यास लाग्या
जवानीको प्यास मेट्ने पानी भयौ तिमी आज
मन मुटु साटेको नि बर्षौं बिती सक्दा पनि
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
सबै तिम्रो कुरा गर्छन् तिम्रै चर्चा जता ततै
धर्ती भरि सौन्दर्यकी खानी भयौ तिमी आज
अज्ञात पाल्पाली
गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
काफिया:बानी
रदिफ: भयौ तिमी आज
लय: हिजै लाग्छ/ मुटु साट्या// बानी भयौ/ तिमी आज
४+४+४+४=१६
मेरो सानो संसारको रानी भयौ तिमी आज
सबै भन्दा धरै प्यारी नानी भयौ तिमी आज
मिसरा-ए-उला भएँ तिमी बिना अधुरो म
यो शेरमा मिसरा-ए-सानी भयौ तिमी आज
पानी प्यास लाग्या हैन जवानीको प्यास लाग्या
जवानीको प्यास मेट्ने पानी भयौ तिमी आज
मन मुटु साटेको नि बर्षौं बिती सक्दा पनि
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
सबै तिम्रो कुरा गर्छन् तिम्रै चर्चा जता ततै
धर्ती भरि सौन्दर्यकी खानी भयौ तिमी आज
अज्ञात पाल्पाली
Monday, May 23, 2011
घायलको तरही मुसायरा भाग -११
गजल: कल्पना अवस्थी
मिसरा: आँसु बगी पीडाहरु गलेपछि के को चासो
काफिया: गलेपछि
रदिफ: के को चासो
लय: आँसु बगी /पीडाहरु//गलेपछि /के को चासो
४+४+४+४=१६
सुख दिँदा दु:ख खोजी दलेपछि के को चासो
रहरका खम्बाहरु ढलेपछि के को चासो
आफ्नै सम्झी पछी लागेँ छोप्न अझै सके छैन
आफ्नै मान्छे छाँया बनी छलेपछि के को चासो
प्रियसीको प्रतिक्षामा मन्को दीयो बाली बसेँ
मन्को दीयो राँको बनी बलेपछि के को चासो
सम्झी सम्झी रुँदा रुँदा गले सबै पीडा पनि
आँशु बगी पीडा हरु गलेपछि के को चासो
सोध्ने गर्थ्येँ सधैं मैले तिम्रो ईच्छा के छ भनी
तर तिम्रो चहाना नै जलेपछि के को चासो
अज्ञात पाल्पाली
Saturday, May 14, 2011
भाग -१०
घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग -१० लागि मैले गजल यसरी लेखेँ अमर जी ! लाई धन्यबाद ।
गजल: अमर सरोबर
मिसरा: रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु
काफिया: मारिदिए
रदिफ: हुन्थ्यो बरु
लय: रुवाएर /राख्नु भन्दा //मारिदिए /हुन्थ्यो बरु
४+४+४+४=१६
त्यो ओठको हाँसो यता, सारिदिए हुन्थ्यो बरु
बोक्ने थिएँ पिरतीको, भारिदिए हुन्थ्यो बरु
चिन्ता छैन कत्ति पनि, कतै दु:ख पर्ला भनी
जाने थिएँ तिमी संगै, तारिदिए हुन्थ्यो बरु
आकाशका जुन तारा, झारिदेउ भन्दिन म
मेरा पीडा संगै आँशु, झारिदिए हुन्थ्यो बरु
यति धेरै यति मिठो, चोखो माया दिँदा पनि
अशुद्ध झैं लाग्छ भने, खारिदिए हुन्थ्यो बरु
एकपल माया दिन, रुवाएर राख्छौ किन
रुवाएर राख्नु भन्दा, मारिदिए हुन्थ्यो बरु
अज्ञात पाल्पाली
गजल: अमर सरोबर
मिसरा: रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु
काफिया: मारिदिए
रदिफ: हुन्थ्यो बरु
लय: रुवाएर /राख्नु भन्दा //मारिदिए /हुन्थ्यो बरु
४+४+४+४=१६
त्यो ओठको हाँसो यता, सारिदिए हुन्थ्यो बरु
बोक्ने थिएँ पिरतीको, भारिदिए हुन्थ्यो बरु
चिन्ता छैन कत्ति पनि, कतै दु:ख पर्ला भनी
जाने थिएँ तिमी संगै, तारिदिए हुन्थ्यो बरु
आकाशका जुन तारा, झारिदेउ भन्दिन म
मेरा पीडा संगै आँशु, झारिदिए हुन्थ्यो बरु
यति धेरै यति मिठो, चोखो माया दिँदा पनि
अशुद्ध झैं लाग्छ भने, खारिदिए हुन्थ्यो बरु
एकपल माया दिन, रुवाएर राख्छौ किन
रुवाएर राख्नु भन्दा, मारिदिए हुन्थ्यो बरु
अज्ञात पाल्पाली
Friday, May 6, 2011
गजल: -मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
आनन्द जी ! लाई धन्यबाद अनि घायलको तरही मुसायराको सफलताको कामना गर्दै भाग -९ को लगि मेरो गजल यसरी लेखेँ
गजल: आनन्द श्रेष्ठ
मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
काफिया: छाल
रदिफ: थाहा पाउँ
लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
४+४+४+२=१४
प्रिय तिमी जन्मिएको साल थाहा पाउँ
सन्चै छौ की बिसन्चो छौ हाल थाहा पाउँ
तिमी लाई भेट्न पाएँ खुशी लाग्यो धेरै
हाम्रो भेट गराउने काल थाहा पाउँ
अधरमा लाली देखेँ सोध्न मन लाग्यो
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
मादलको ताल संगै सार्है राम्रो नाँच्यौ
तिमी नाँच्ने मादलको ताल थाहा पाउँ
मौका फेरि आउँदैन जाने भए जाउँ
नबोलेर बस्छौ किन चाल थाहा पाउँ
अज्ञात पाल्पाली
गजल: आनन्द श्रेष्ठ
मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
काफिया: छाल
रदिफ: थाहा पाउँ
लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
४+४+४+२=१४
प्रिय तिमी जन्मिएको साल थाहा पाउँ
सन्चै छौ की बिसन्चो छौ हाल थाहा पाउँ
तिमी लाई भेट्न पाएँ खुशी लाग्यो धेरै
हाम्रो भेट गराउने काल थाहा पाउँ
अधरमा लाली देखेँ सोध्न मन लाग्यो
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
मादलको ताल संगै सार्है राम्रो नाँच्यौ
तिमी नाँच्ने मादलको ताल थाहा पाउँ
मौका फेरि आउँदैन जाने भए जाउँ
नबोलेर बस्छौ किन चाल थाहा पाउँ
अज्ञात पाल्पाली
Saturday, April 30, 2011
गजल-संविधान लेख्ने मिती (भाग -८ )
इन्दिरा जी ! लाई धन्यबाद अनि घायलको तरही मुसायराको सफलताको कामना गर्दै भाग -८ को लगि मेरो गजल यसरी लेखेँ
गजल: इन्दिरा खतिवडा "प्रयास"
मिसरा: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
काफिया: पर
रदिफ: नेता
लय: संविधान /लेख्ने मिती //किन सार्छौ /पर नेता
४+४+४+४=१६
महलको बास छोडी झुपडी मा झर नेता
गरिबी को पीडा सही अनुभब गर नेता
भोट माग्ने बेला भने ठुला ठुला बाँचा गर्छौ
कति पर्ने सधैं हामी तिमी माथी भर नेता
बोल्छौ यौटा गर्छौ अर्कै धोका दिने तिम्रो चाल
यस्तै चाल गर्छौ भने मान्दै गर डर नेता
जनताको चाहाना मा खेलवाड गर्छौ किन
संबिधान लेख्ने मिती किन सार्छौ पर नेता
जेष्ठ चौध सम्म पनि संबिधान नबनेमा
केही काम छैन अब तिमीहरु मर नेता
अज्ञात पाल्पाली
गजल: इन्दिरा खतिवडा "प्रयास"
मिसरा: संविधान लेख्ने मिती किन सार्छौ पर नेता
काफिया: पर
रदिफ: नेता
लय: संविधान /लेख्ने मिती //किन सार्छौ /पर नेता
४+४+४+४=१६
महलको बास छोडी झुपडी मा झर नेता
गरिबी को पीडा सही अनुभब गर नेता
भोट माग्ने बेला भने ठुला ठुला बाँचा गर्छौ
कति पर्ने सधैं हामी तिमी माथी भर नेता
बोल्छौ यौटा गर्छौ अर्कै धोका दिने तिम्रो चाल
यस्तै चाल गर्छौ भने मान्दै गर डर नेता
जनताको चाहाना मा खेलवाड गर्छौ किन
संबिधान लेख्ने मिती किन सार्छौ पर नेता
जेष्ठ चौध सम्म पनि संबिधान नबनेमा
केही काम छैन अब तिमीहरु मर नेता
अज्ञात पाल्पाली
Saturday, April 23, 2011
गजल- बस्ती छाडी हिंडी दिन्छु
घायलको तरही मुसायरा को सफलता को कामना गर्दै भाग ७ को लागि मेरो सहभागिता यसरी राखेँ - अज्ञात पाल्पाली
गजल: कल्पना गिरी भावुक
मिसरा: बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
काफिया: बल्छ
रदिफ: भने
लय: बस्ती छाडी /हिंडी दिन्छु //दियो बल्छ /भने
४+४+४+२=१४
बिकास को बोट रोपौं यदि फल्छ भने
रोपेर नी अर्थ हुन्न बेला टल्छ भने
परिश्रम गर्यो भने स्वर्ग बन्छ यहि
बगाई दिउँ पसिना माटो गल्छ भने
नबसौं है युवा हामी हात खुट्टा बाँधी
सत्कर्म मा लागौं अझैं मुटु चल्छ भने
मरी लानु केही छैन तेरो मेरो किन ?
अर्ती दिनु ब्यर्थै हुन्छ ज्ञान ढल्छ भने
यो बस्ती को लागि मैले सबै त्याग गर्छु
बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
अज्ञात पाल्पाली
गजल: कल्पना गिरी भावुक
मिसरा: बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
काफिया: बल्छ
रदिफ: भने
लय: बस्ती छाडी /हिंडी दिन्छु //दियो बल्छ /भने
४+४+४+२=१४
बिकास को बोट रोपौं यदि फल्छ भने
रोपेर नी अर्थ हुन्न बेला टल्छ भने
परिश्रम गर्यो भने स्वर्ग बन्छ यहि
बगाई दिउँ पसिना माटो गल्छ भने
नबसौं है युवा हामी हात खुट्टा बाँधी
सत्कर्म मा लागौं अझैं मुटु चल्छ भने
मरी लानु केही छैन तेरो मेरो किन ?
अर्ती दिनु ब्यर्थै हुन्छ ज्ञान ढल्छ भने
यो बस्ती को लागि मैले सबै त्याग गर्छु
बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने
अज्ञात पाल्पाली
Wednesday, April 20, 2011
घायलको तरही मुसायरा-१
गजल: प्रभा आचार्य
मिसरा: एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो
काफिया: खोज्न
रदिफ: थाल्यो
एकान्त /प्रिय /दिलले /पनि //कसैको /साथ /खोज्न थाल्यो
लय: ३+२+३+२+३+२+४=१९
एकै क्षण फुर्सद भयो कि कसैको बारे सोच्न थाल्यो
छाती भित्र ह्रुदय मा आज कसैको याद बिझ्न थाल्यो
एक्लै रमाउने यो मन उ बिना रमाउदैन किन
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो
पुर्णिमा को जुन झैं अनि ईन्द्रेणी को रंग मन पर्छ
एकोहोरो हेरुँ जस्तो लाग्ने कसैको रुप रोज्न थाल्यो
काहिले त लाग्छ मलाई माया प्रिती बेकार हो भन्ने
तर अनायासै फेरि किन कसैको प्रिती बोक्न थाल्यो
जिन्दगी को गोरेटो मा बीचमै छोडी जान खोज्ने लाई
जानै दिन्न भनि पाल्पाली ले कसैको यात्रा रोक्न थाल्यो
अज्ञात पाल्पाली -
घायलको तरही मुसायरा-२'
गजल: सुवाश श्रेष्ठ
मिसरा: अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ
काफिया: पसी
रदिफ: हेर कस्तो हुन्छ
अत्याचारको /पीडाभित्र //पसी हेर /कस्तो हुन्छ
लय: ५+४+४+४=१७
नेपाली एकता को डोरी कसी हेर कस्तो हुन्छ
ममता अनि मित्रता मा फसी हेर कस्तो हुन्छ
रगत सबै को रातो हुन्छ प्राण पनि उस्तै नै
जात मा ठुलो सानो लेख्ने मसी हेर कस्तो हुन्छ
पसिना को भेल सधै नै दुई छाक टार्न लाई
पसिना माथि धुलो मैलो घसी हेर कस्तो हुन्छ
भ्रष्टचार गरि गरि सुख सयल गर्ने हरु
महल छोडी झुपडि मा बसी हेर कस्तो हुन्छ
खुशी हुँदै तिमी किन अरु लाई दमन गर्छौ
अत्याचार को पीडा भित्र पसी हेर कस्तो हुन्छ
ममता अनि मित्रता मा फसी हेर कस्तो हुन्छ
रगत सबै को रातो हुन्छ प्राण पनि उस्तै नै
जात मा ठुलो सानो लेख्ने मसी हेर कस्तो हुन्छ
पसिना को भेल सधै नै दुई छाक टार्न लाई
पसिना माथि धुलो मैलो घसी हेर कस्तो हुन्छ
भ्रष्टचार गरि गरि सुख सयल गर्ने हरु
महल छोडी झुपडि मा बसी हेर कस्तो हुन्छ
खुशी हुँदै तिमी किन अरु लाई दमन गर्छौ
अत्याचार को पीडा भित्र पसी हेर कस्तो हुन्छ
घायलको तरही मुसायरा-३
गजल: अनुराग अधिकारी "अनुरागी मन"
मिसरा: यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्यौ भन
काफिया = सार्यौ
रदिफ = भन
यो डालीको /थुँगा टिपी//कुन् डालीमा /सार्यौ भन
लय: ४+४+४+४=१६
सबै लाई नमस्कार ! मेरो पनि सहभिगिता यसरी प्रस्तुत गरे कालो सेतो कस्तो छ हजुर हरु को नै जिम्मा ...
मिठो साथ दिदा दिदै माया किन मार्यौ भन
पर्ख पर्ख भनी भनी भर किन पार्यौ भन
म त त्यता आउदिन बेसि तिर झर भन्यौ
भेट्ने मन थिएन त बेसि किन झार्यौ भन
बसे बस्छु गए जान्छु मेरो ईच्छा भन्दै थियौ
गएछौ त आखिर मा कुरा किन टार्यौ भन
मगमग बसाउदै डाली भरि फुल्दा फुल्दै
यो डालीको थुँङा टिपी कुन् डालीमा सार्यौ भन
धाक दिने तिम्रो बानी चुरीफुरी निकै गर्थ्यौ
सबै लाई जित्छु भन्थ्यौ आफै किन हार्यौ भन
अज्ञात पाल्पाली
मिठो साथ दिदा दिदै माया किन मार्यौ भन
पर्ख पर्ख भनी भनी भर किन पार्यौ भन
म त त्यता आउदिन बेसि तिर झर भन्यौ
भेट्ने मन थिएन त बेसि किन झार्यौ भन
बसे बस्छु गए जान्छु मेरो ईच्छा भन्दै थियौ
गएछौ त आखिर मा कुरा किन टार्यौ भन
मगमग बसाउदै डाली भरि फुल्दा फुल्दै
यो डालीको थुँङा टिपी कुन् डालीमा सार्यौ भन
धाक दिने तिम्रो बानी चुरीफुरी निकै गर्थ्यौ
सबै लाई जित्छु भन्थ्यौ आफै किन हार्यौ भन
अज्ञात पाल्पाली
घायलको तरही मुसायरा-४
गजल: सुमित्रा पौडेल
मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
काफिया: फुकाएर
रदिफ: रुन्न आमा
यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
लय: ४+४+४+४=१६
दु:ख सम्झी सुख हरु लुकाएर रुन्न आमा
पराइ ले सुन्ने डाको फुटाएर रुन्न आमा
हाँसी हाँसी बाँच्छु म त अर्को जूनी कहाँ मिल्छ
गह भरि आँशु हरु सुकाएर रुन्न आमा
जस्तै चोट सहने छु तर अरु कसै संग
यो मन को पीर ब्यथा फुकाएर रुन्न आमा
रिस राग छैन कतै सुखै सुख जाता ततै
कुटु कुटु आफ्नै मुटु दुखाएर रुन्न आमा
हजुर कै सेवा गर्छु हजुर कै लागि लड्छु
बैरि सामु शिर मैले झुकाएर रुन्न आमा
मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
काफिया: फुकाएर
रदिफ: रुन्न आमा
यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
लय: ४+४+४+४=१६
दु:ख सम्झी सुख हरु लुकाएर रुन्न आमा
पराइ ले सुन्ने डाको फुटाएर रुन्न आमा
हाँसी हाँसी बाँच्छु म त अर्को जूनी कहाँ मिल्छ
गह भरि आँशु हरु सुकाएर रुन्न आमा
जस्तै चोट सहने छु तर अरु कसै संग
यो मन को पीर ब्यथा फुकाएर रुन्न आमा
रिस राग छैन कतै सुखै सुख जाता ततै
कुटु कुटु आफ्नै मुटु दुखाएर रुन्न आमा
हजुर कै सेवा गर्छु हजुर कै लागि लड्छु
बैरि सामु शिर मैले झुकाएर रुन्न आमा
" घायलको तरही मुसायारा भाग -५
नव बर्ष २०६८ को पावन अवसरमा सम्पुर्ण साथी हरु लाई हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दै " घायलको तरही मुसायारा भाग -५ " को लागि मेरो गजल हजुर हरु लाई !
गजल: भगवती बस्नेत
मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
काफिया: झुक्नुहुन्न
रदिफ: अब नारी
पुराना ती /संस्कारमै //झुक्नुहुन्न /अब नारी
लय: ४+४+४+४=१६
मर्दले लोभ्याउदै मा चुक्नुहुन्न अब नारी
परिआए लड्नु पर्छ लुक्नुहुन्न अब नारी
बाँध बाँधी राख्न खोजे छाल बनी उर्ली दिउँ
खहरेको भेल जस्तै सुक्नुहुन्न अब नारी
अरु ले फाईदा लिए आपस मा फुट्दा हामी
मिलौं हामी आपस मा फुट्नुहुन्न अब नारी
कमजोर छैनौ हामी भन्ने कुरा देखाउन
कुनै पनि समयमा छुट्नुहुन्न अब नारी
चुल्हो चौका गर्नु अनि गोडा मोल्नु पर्छ भन्ने
पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
गजल: भगवती बस्नेत
मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
काफिया: झुक्नुहुन्न
रदिफ: अब नारी
पुराना ती /संस्कारमै //झुक्नुहुन्न /अब नारी
लय: ४+४+४+४=१६
मर्दले लोभ्याउदै मा चुक्नुहुन्न अब नारी
परिआए लड्नु पर्छ लुक्नुहुन्न अब नारी
बाँध बाँधी राख्न खोजे छाल बनी उर्ली दिउँ
खहरेको भेल जस्तै सुक्नुहुन्न अब नारी
अरु ले फाईदा लिए आपस मा फुट्दा हामी
मिलौं हामी आपस मा फुट्नुहुन्न अब नारी
कमजोर छैनौ हामी भन्ने कुरा देखाउन
कुनै पनि समयमा छुट्नुहुन्न अब नारी
चुल्हो चौका गर्नु अनि गोडा मोल्नु पर्छ भन्ने
पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
घायलको तरही मुसायरा-६
घायलको तरही मुसायरा-६
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
सके सम्म पीर पार्ने गजल अब लेख्दिन भो
पढ्दा पढ्दै आशै मार्ने गजल अब लेख्दिन भो
उस्को भन्दा राम्रो लेख्छु तिम्रो भन्दा मिठो लेख्छु
तरही मा सधैं हार्ने गजल अब लेख्दिन भो
मेरो पनि सह यात्रा घायलको प्रयास मा
जसो तसो झारा टार्ने गजल अब लेख्दिन भो
जन्म मेरो नेपाल मा तर कर्म मुग्लानी मा
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
जिन्दगी का सानातीना दु:ख सुख लेख्छु तर
मोती दाना आँशु झार्ने गजल अब लेख्दिन भो
अज्ञात पाल्पाली
www.unknownpalpali.blogspot.com
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
सके सम्म पीर पार्ने गजल अब लेख्दिन भो
पढ्दा पढ्दै आशै मार्ने गजल अब लेख्दिन भो
उस्को भन्दा राम्रो लेख्छु तिम्रो भन्दा मिठो लेख्छु
तरही मा सधैं हार्ने गजल अब लेख्दिन भो
मेरो पनि सह यात्रा घायलको प्रयास मा
जसो तसो झारा टार्ने गजल अब लेख्दिन भो
जन्म मेरो नेपाल मा तर कर्म मुग्लानी मा
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
जिन्दगी का सानातीना दु:ख सुख लेख्छु तर
मोती दाना आँशु झार्ने गजल अब लेख्दिन भो
अज्ञात पाल्पाली
www.unknownpalpali.blogspot.com
Subscribe to:
Posts (Atom)