Saturday, April 7, 2012

गजल - चक्कर निको लाग्यो

गजल

होस भन्दा बेहोसीको चक्कर निको लाग्यो/
साचै भनौ  पुर्पुरोको ठक्कर निको लाग्यो//

हार्ने छैन सक्दो देऊ, अप्ठ्यारो भिर,पिर,
सक्छु जुध्न चट्टानको,टक्कर निको लाग्यो//

खोटो रै'छ  लेखान्त नै ,गुनासो  छैन केही ,
मिस्री भन्दा त! भागको सक्खर निको लाग्यो//

दुर-दुर   देखिदैन, पालुवा  आशा  भर्ने,
आत्मा सरि उडिरा'को,पत्कर निको लाग्यो//

देखे अझ  बढिरा'को,खाडल  मेरा लागि,
हाँसी -हाँसी स्वागत छ,लस्कर निको लाग्यो//


                                                      "कल्पना राई "

गजल -तिमी सँग हुन मन छ

गजल

मलाई त तिम्रो अङ्ग  हुन मन छ ,
सधै भरी तिमी सँग हुन मन छ /

कल्पनाको बाटो धेरै हिडि सकेँ ,
सन्तुस्टीले आज दङ्ग हुन मन छ /

प्रेम प्याला जडित कोमल तिम्रो ,
गुलाबी ओठको रंग हुन मन छ /

लुकाएर राखुँ कति अनौठो पिडा ,
मन मुटु सबै छर्लङ्ग हुन मन छ /

नभन है अस्लील भयो समिर ,
बाहुमा तिम्रो सर्बाङ्ग हुन मन छ /

          ****

साथी समिर
झापा
 31/03/2012

Thursday, April 5, 2012

गजल

गजल

ठाडो घाट जङ्घार मा, छोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?
दोबाटोमा यात्रा अन्तै, मोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

पिरतीको चिनो भनी, रोपेका थ्यौं फूल्को बोट, फुल्ने बेला हुँदै थियो
फुल्नै अघि जरै देखि, गोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

स्वयंवर् को घुम्टो पनि, बाहनामा फ्याँकी दियौ, जे जे गर तिम्रै खुशी
पराई को जुठो  घुम्टो, ओढी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

सयौं सयौं जुनी सम्म, तिम्रै हुँ म भने पनि, झुठो रै'छ उन्को कुरा
यता हैन उता नाता, जोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

भगवान साक्षी राखी, बाँचा गरी तोड्ने सँग, कस्को के नै लाग्दो रै'छ
गरेका ती बाँचा सबै, तोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

अज्ञात पाल्पाली