Saturday, August 6, 2016

म फूल बनी दिन्छु

छोटो कविता

हुरी बतासको चपेटामा परे पनि परूँ
असिनाले चुटे पनि चुटोस
खडेरीले सुकाएरै मारे नि मारोस
स्वार्थीले चुमेर छोडे   पनि छोडोस
भगवान कै नाममा मेरो हत्या भए नि होस
वा ढुङ्गे देउता कै नाममा होस
साचो प्रेम वा झुटो प्रेम प्रस्तावमा लगियोस
तर म चुपचाप निश्वार्थ सुवास दिन्छु
म फूल बनी दिन्छु

@ अज्ञात पाल्पाली

कागलाई बेल

छोटो कविता
 
कागलाई बेल पाके जस्तै छ
मलाई मेरो देशको राजनीति
फेरी फेरिएछ सरकार
गठबन्धन जोडे उनैले
गठबन्धन तोडे उनैले
फेरी अर्कै गठबन्धन जोडे उनैले
अब फेरी तोड्छन् कुनै दिन उनैले
भन्नुस कहाँ निर रमाउनु
के सम्झेर खुशियाली मनाउनु
दशकौं यस्तै चली रहेछ
कति मानी रहनु बिस्मात पनि
त्यसैले कागलाई बेल पाके जस्तै भयो
न हर्ष भो न बिस्मात ...........मलाई ..
 
@ अज्ञात पाल्पाली

Sunday, May 1, 2016

कविता - पसिनाको मूल्य र महत्व

कविता - पसिनाको मूल्य र महत्व

म एक श्रमिक हुँ
श्रम बजारमा पसिना बेच्ने ...
पैसा कमाउछु म पसिना बेचेर
मेरो पसिनाको थोपा थोपाको मूल्य छ
तर अफसोस
कहिले मैले मेरो पसिनाको मूल्य पाईन
खै मेरो पसिनाको मूल्य र महत्व ?
खै मेरो मेहनत र इमान्दारीताको महत्व ?
किन बुझ्दैनौ साहु जी
एक श्रमिकको मूल्य र महत्व

बुझ्छौ त केवल उत्पादित सामानको मूल्य
अनि बुझ्छौ त्यस बाट आउने फाईदाको मूल्य
तर अह कहिले बुझ्दैनौ एक श्रमिकको मूल्य
जसले तिमी बस्ने आलिसान बङ्गला बनायो
जसले तिमी चढ्ने विलासी गाडी बनायो
जसले तिमीले लगाउने महँगो बस्त्र बनायो
यस्तै यस्तै सबै सबै कुरा बनायो
तर तिमीले बनायौ त केवल
उसैको तिमीले सस्तो मूल्य बनायौ
जसले आजको छाक आजै कमाएर जोड्नु पर्छ
उसैलाई महिनाको तलब
महिना बितेको कैयौ दिन पछि दिने
शामन्ती निती नियम बनायौ
र भन्यौ
तलब समय मै दिन्छु मैले
समय नभएको कुन समय हुन्छ र साहु जी ?
अझ लाजै नमानी भन्छौ धेरै दिएको छु
अचम्मको छ यो पैसा भन्ने पनि
आफ्नो हातको करोडौं पनि थोरै हुने
अरुको हातको सय पनि धेरै हुने
तिमी बुझ्दैनौ साहुजी जी यस्ता कुरा
साएद बुझ्थ्यौ होला
मैले जस्तै पसिना बगाउनु परेको भए
मैले जस्तै भोको पेट निदाउन परेको भए
पैसा नभएर आमाको उपचार गराउन नसकेको भए
सन्तानलाई शिक्षा दीक्षा दिन नसकेको भए
हो यस्तै यस्तै आभाव भएको भए
अबस्य बुझ्ने थियौ श्रमिकको मूल्य र महत्व
तर छैन तिमी संग मेरो जस्तो
गरिवीले ल्याएको अनेकौं पीडाहरु
मेरो जस्तै कथा अनि व्यथाहरु
हो त्यसैले बुझ्दैनौ तिमीले
श्रमिकको पसिनाको मूल्य र महत्व

@ अज्ञात पाल्पाली

Sunday, January 3, 2016

गजल : - आफ्नै मुटु दुखी दिदा

 गजल

आफ्नै मुटु दुखी दिदा, मरुँ मरुँ जस्तो लाग्छ 
आफै भित्र काल बिष, भरुँ भरुँ जस्तो लाग्छ 


आफ्नै मान्छे पराई भए, आफ्नै ठाउँ बिरानो भो
बरु बास अन्त कतै सरुँ सरुँ जस्तो लाग्छ
आफै भित्र काल बिष, भरुँ भरुँ जस्तो लाग्छ


तिम्रो सामु फूल जून, फिक्का फिक्का लाग्छ सबै
तिम्रै माया प्रित जालमा परुँ परुँ जस्तो लाग्छ
बरु  बास  अन्त कतै  सरुँ सरुँ  जस्तो  लाग्छ


मग्मगाउदै फुल्न खोजें, बेमौषममा परेछु कि
फुल्नु पर्ने ओईलिदै छु झरुँ झरुँ जस्तो लाग्छ
तिम्रै माया प्रित जालमा परुँ परुँ जस्तो लाग्छ


कि आजद कि बर्बाद, कि मूर्दा म कि ज्यूँदो म
जे जे पर्छ यौटा काम गरुँ गरुँ जस्तो लाग्छ
फुल्नु पर्ने ओईलिदै छु  झरुँ  झरुँ जस्तो  लाग्छ

अज्ञात पाल्पाली

कविता :- समय संगै म

कविता : -   समय संगै म 

ऋतुको हिसाबले
हराभरा हरियाली बसन्तमा
जन्मिएको मान्छे हुँ  म
तर जीवनको कुरा गर्ने हो भने
अलि बेग्लै छ मेरो जीवन कथा
अलि बेग्लै छ मेरो पीडा अनि ब्यथा

कहिले  गृष्मको तातो तातो हावामा
निसासियो मेरो जीवन
उकुस मुकुस स्वासै फेर्न गार्हो
जीवन मरणको दोसधमा रहेर
प्रतिकुलतामा बाँच्नु पर्यो
त कहिले आफै भित्र भित्र जलेर
धुँवा धुँवा भएर उड्नु पर्यो

जव जव बर्षाद होला र फेरी
निभेर संघर्ष गर्दै पलाउँला भन्थें
तव फेरी मुशलधारे पानीको मारमा पर्छु
र फेरी बगाउछु आफैलाई
उही भिरको रुख पहिरोले खसाए जस्तै
लड्दै , भासिदै , निकासिदै घिसारीन्छु म

अनि लछार पछार हुन्छन
मेरा खुशीका हाँगाहरु....
चोइटिन्छन मेरा चाहनाका बोक्राहरु
छुट्टिन्छन मेरा हृदयका जराहरु
बदलिन्छु म एका  एक केहि बेर मै
सबै सबै छोडेर फगत  मुढामा
र मिसिन पुग्छु म अविरल बग्ने गंगामा ....

अब म जहाँ थिएँ त्यहाँ रहिन
निश्चित छैन मेरो स्थान ..
जस्तो थिएँ त्यस्तो रहिन.
बदलिएको छ मेरो आकार
बदलिएका छन् मेरा चाहनाहरु र
बदलिएको छ मेरो अब  लक्ष्य पनि

छ त केवल अविरल बग्दै बग्दै
नदि संगै सागरमा पुगेर ..
पलपल संगै रहने ....
तैरिदै डुब्दै .. .डुब्दै तैरिदै ...
कालान्तर कालान्तर सम्म
बस जति रहन्छु  समय संगै म

अज्ञात पाल्पाली 

Friday, December 25, 2015

मुक्तक :- अरु बिहानी के बिहानी

मुक्तक 

अरु बिहानी के बिहानी आजको बिहानी पो शुभ बिहानी
अरुको कहानी के कहानी तिम्रो मरो कहानी पो प्रेम कहानी
तिमी संग बिताएका पलपलको याद छ कति मिठो हुन्छ
तन दुई भए पनि यौटै हुन्छ मन, धड्कन अनि हाम्रो सिरानी

अज्ञात पाल्पाली 

मुक्तक :- मुखमा फूल दिलमा काँडा

# मुक्तक #
कतै मुखमा फूल दिलमा काँडा हुने संग भेट हुन्छ पृय
कतै मेरो दुखमा हाँस्ने सुखमा रुने संग भेट हुन्छ पृय
बिचित्रको छ यो संसार पनि अचम्म लाग्छ कता कता
कतै म जस्तै आँसु आँसुले मुख धुने संग भेट हुन्छ पृय

अज्ञात पाल्पाली 

Sunday, November 29, 2015

मुक्तक : -- अलि अलि पिउने गर्छु

मुक्तक 
अलि अलि पिउने गर्छु जब तिम्ले सताउछौ !
हुन्न आखिर भेट हाम्रो किन याद पठाउछौ !!
नपठाउ भो अब देखि मुटु दुख्ने यादहरु
भनी देउ प्रेमपीडा कैले देखि घटाउछौ .!!!

अज्ञात पाल्पाली 

Saturday, August 1, 2015

मुक्तक :- - छैन गुनासो कसै संग

मुक्तक 

छैन गुनासो कसै संग छ गुनासो आफै संग
तिमीलाई हाँसो के दिउँ छैन हाँसो आफै संग
बुझाउन पर्छ एकदिन माग्न आउने छ कोहि
सम्हालेर राख्नु छ मैले यो नासो आफै संग
@ अज्ञात पाल्पाली  #

Friday, June 19, 2015

कविता :--- आँसु ऋतु

कविता :--- आँसु ऋतु

मन भित्र
अरु ऋतु भन्दा धेरै
वर्षा ऋतु नै हुदो रै छ
 र
यो प्रकृति ऋतु जस्तो
आफ्नो समयमा
आउने पनि हैन रै छ
जति बेला पनि आउन सक्ने
पलपल मै बद्लिन सक्ने
कहिले खुशी  हर्ष बनेर 

कहिले दुख पीडा बनेर आउदो रै छ
 "आँसु"
उही बर्षा को झरी जस्तै
एकै छिन् घाम
अनि फेरी पानी
तेसैले भन्न मन लाग्छ
वर्षा ऋतु
यानी कि
आँसु ऋतु  

अज्ञात पाल्पाली

Wednesday, June 10, 2015

गिती कथा ( छिट्टै फर्की आउनेछु सानु )

गिती कथा ( छिट्टै फर्की आउनेछु सानु )

मेरी प्राण प्यारी सानु असिम प्यारका साथमा अविरल मायाका लहरहरु सम्झनाले पलपल सताएको कुरा यो  गीतिकथा माध्यम बाट सुनाउदैछु आशा लीएको छु पक्कै पनि सुन्ने छौ र मेरो वास्तविक यथार्थ बुझेर म माथिको बिश्वास कायम राख्ने छौ /
..... प्रिय सानु तिमीलाई मैले सधै साथ दिन्छु कहिले एक्लै हुन दिने छैन भनेर कसम खाएकै हो मैले तर यो कसम पुरा गर्न सकिन र टाढा हुन  बाध्य भएं तर तिमीलाई सबै कुरा बताएर हिड्न सकिन किन कि मेरा बाध्यता र विवशता सबै सबै बताउने म संग सामर्थ्य थिएन थिए त केवल म संग गरिवीले छिया छिया परेको कलेजी थियो अभाव र समस्याले जर्जर भएको मेरो मन थियो /
......आफ्नो प्रिय मान्छेलाई सामान्य चाहनाका कुरा हरु समेत किनेर दिन नसक्ने बाध्यता म संग थियो यस्तै पीडाले टुक्रियको हृदय थियो म संग हुन त तिमीले मलाई कहिले पनि मलाई यो चाहियो भनेर दुख दिएनौ तर पनि म तिम्रो हर रहरलाई बुझ्थें तिमीले एक रहर मार्दा म तेती नै बेला एक पल मरे जस्तै हुन्थें /
....भित्र भित्रै  धुँवा धुँवा भएर उढथें र लाग्थ्यो यो अभाबै अभावको मिलन भन्दा अभाव पूर्ति गर्ने बिछोड मिठो हुन्थ्यो होला परदेश गएर पैसा कमाएर तिमीलाई सुख दिन्छु भन्ने लाग्यो र म तिमीलाई केहि दिन मै आउछु भन्दै ढाटेर यो सात समुन्द्र पारी आई पुगें अब त तिम्रो केहि दिनको प्रतिक्षाका दिनहरु पनि सकी सके थाहा छैन मलाई यति बेला मलाई खोज्दै तिमि शहरमा छौ कि बगरमा छौ कि के गर्दै छौ कतै बगरको माछी सरि छटपटीदै छौ कि........... ?

पक्कै पनि सानु यो गीति कथा मेरो ब्यथा सुने पछि आफुलाई सम्हाल्दै हाम्रो मिलनको दिनको प्रतिक्षामा बस्ने छौ विक्षिप्त भएको मनलाई केहि हद सम्म भए पनि राहत मिल्ने छ र मनमा शान्तिको दियो बल्ने छ आशाका किरणहरु उदाउनेछन् तिनै किरणले न्यानो ताप दिनेछ र त्यहि न्यानो तापमा हाम्रो माया हुर्किदै जानेछ आखिर माया माया नै हो /
......दुरीले जतिनै टाढा भए पनि आत्मीयताको दुरी त कहाँ हुन्छ र तिमि पलपल तिमि मेरो नजरमा छौ , अधरमा छौ . मन मनमा छौ धड्कनमा छौ , समिपमा छौ सम्झेको कुरा त बाताउनै मिल्दैन कि यति सम्झेको छु कि यादै यादमा पागल झैँ हुन्छु जस्तै लाग्छ हुन त तिमीले पनि पक्कै मैले भन्दा झनै सम्झेको छौ होला ....
..........मैले पनि हाम्रो भबिष्य सुन्दर होला भनेर नै यसो गरको हुँ अभावमा जिउनु सार्है गाह्रो त्यहा माथि हाम्रा सन्ततीहरु भबिष्य के होला हामीले सोच्नै पर्छ यसैले पनि हामि केहि समयको लागि बिछोड हुनै पर्छ यो बाध्यतालाई बुझ्ने छौ भन्ने आशा लिएको छु हुनत मलाई थाहा छ कति गार्हो छ भनेर आफुले चाहेको चिज नपउदा कति गार्हो हुन्छ त्यो पनि अझै जीवन साथी नै संगै न हुदा त पलपल गार्हो हुन्छ तै पनि सहनु छ के गर्ने भोलि को मिलनको आशामा तिमी  आउछौ भन्ने आशै आशामा भने झैँ ............
सानु छन् त म पनि कहाँ खुशी छु र कहाँ सुखी छु र तिमी देखि टाढा भएर बाच्नु पर्दा तैपनि पलपल सहने प्रयास गर्छु मनभरी अनेकन सपनाहरु संगाल्दै कल्पनामा डुब्दै हरपल तिमी संगै अंगालोमा बाँधिन पुग्छु यति मिठो हुन्छ कि झन्डै सबै पाए जस्तो संगै नै भय जस्तो आनन्दको संसारमा रामाएको हुन्छु तर जब होसमा फिर्छु अनि झस्किन पुग्छु धड्कन बढेर आउछ छटपटी हुन्छः पसिनाले चिट चिट हुन्छु सम्हाल्न गार्हो हुन्छ आफैलाई उफ्फ्फ़ यो पीडादायि शिलशिला कहिले सम्म चल्ने हो
.... थाहा छैन तै पनि यति भन्छु जति सक छोटो होस् यो छोटो अबधि मै सोचेका कुराहरु पुरा हुन सपना साकार होस् चाडै र हाम्रो मिलन होस् फेरी कहिले छुट्टिनु नपर्ने गरि तिमी पनि भगवान संग यहि प्रार्थना गर कि जति सक छिटो संगै हुन पाउ , हाम्रो समधुर मिलन होस् /
..भनेको सुनेको छु संसारमा चोखो माया गर्ने मान्छेले माग्यो भने जे पनि मिल्छ रे हामीले पनि चोखो माया गरेका छौ अबस्य पनि पाउछौ सुखमय मिलन हुनेछ हामी धेरै धेरै खुशी हुनेछौ भन्ने मलाई आत्म बिश्वास छ. यहि बिश्वासले मेरो शाहास बढाएको छ सुन्दर भबिष्यको कल्पनामा भए पनि रामाउने प्रयास गर्छु परदेशको बसाई न भाषा मिल्छ न भेस मिल्छ न रहन सहन न खाना मिल्छ सबै सबै भिन्न भिन्न छन् तेही माथि कडा परिश्रम गर्नु पर्ने छ सबै कुरामा सम्झौता गर्नु पर्ने छ/
.... मेरो अबको जिन्दगी थाहा छैन कहिले सम्म हो यस्तै यस्तै हर बुँधाहरु मा पलपल सम्झौता गर्दै बाच्नु छ संघर्ष गर्नु छ पसिना बेचेर पैसा कामाउनु छ उसो त कडा परिश्रम र पसिना बगाउनुमा मलाई कत्ति दुख छैन किन कि म यो गर्न राजि छु दुख बिना सुख हुदैन सुख बिनाको जिन्दगी जिन्दगी हुदैन भन्ने मलाइ राम्रो छ ज्ञान छ /
......तेसैले दुखले मलाई हराउन सक्दैन दुखले मलाइ सताउन सक्दैन पसिना मेरो बगेर सकिदैन बस यति चाहिन्छ पसिनाको उचित मूल्य जसले मेरो जिन्दगीलाई आर्थिक प्रगतिको बाटोमा लैजावस र सफल जिन्दगी सुन्दर जिन्दगी बन्न सकोस यहिनै मेरो चाहना हो यहि नै मेरो सपना हो जहाँ तिमी हुनेछौ त्यहि म हुनेछु अनि हामि सुखी हुनेछौ खुशी हुनेछौ हाम्रो सुन्दर परिवार हुनेछ हाम्रो सन्ततिहरु को भबिष्य सुनिस्चित यस्तै यस्तै सोचाईहरु मै बित्छ आज भोलिको समयहरु.....
...............सानु दिन त बरु जसो तसो बित्छ उता कामको व्यस्तताले सम्झिने फुर्सद सम्म पनि हुदैन काम पनि कति गरिदो रहेछ साच्चै नै बल्ल थाहा भयो यति धेरै काम यो ज्यानले गर्न सक्दो रहेछ आफै अचम्मित हुन्छु के गर्ने काम गरेर पैसा कामाउछु भनेर आएको गर्नै पर्यो .र मात्र दाम पाईन्छ यहि दाम नै हो हामीलाई बिछोड बनाउने तेसैले यस संग सम्झौता गर्नु छ यसै संग मितेरी गास्नु छ जसले हामीलाई भबिष्य भरि सहयोग गरोस हामीलाई भनेर यस्तै यस्तै गरि दिन बिताउछु/
....... तर के गर्ने जब जब दिन ढल्दै जान्छ अनि घरको यादले बेस्सरी सताउछ के गर्ने घरमा हुदा दिनभरी जहाँ जहाँ पुगे पनि साझ पर्दा नपर्दै घर पुगेर तिमीले बनाएर दिएको खाजा खाएको सम्झनाले सताउछ जति जति रात बढ्दै जान्छ झन् म घर नपुगे सम्म खाना खान पर्खी रहन्थ्यौ तेही यादले सताउछ कतै मेरै यादमा खाना नखाई मेरो पर्खाइमा हौली भन्दै धेरै चोटी भक्कानिएको छु अनि बाहिर एकान्तमा बसेर टोलाउनुको विकल्प रहदैन यस्तै गरि टोलाई रहदा जून उदाउछ /
.....उ हरेक दिन आफ्नो रूप र आकार बदलेर आउछ म पूर्वमा छु त्यहा भन्दा यहाँ पहिले जून उदाउछ अनि उही जूनलाई भन्ने गर्छु ए जून म यहाँ छटपटीदै भए पनि मेरो सानुलाई शितल छहारी , मिठो निद , सुन्दर सपनी , सुख शान्ति दिनु है भन्दै पठाउछु जसो तसो निदाउने प्रयास गर्छु यस्तै छ आज भोलिको मेरो जीवन कथा पलपल पीडा बिछोडको पीडाले सताएको छ /
निदाउदै ब्युझिदै गर्दा गर्दै रात सकिन्छ उज्यालो हुन नपाउदै बाट आखाँ खुल्छ मनमा अनेक कुरा खेल्छ अनि मन शान्त हुन्छ कि भनेर बाहिर चिसो हावामा निस्कन्छु मैले आज सम्म नदेखेको मिर्मिरे बिहानीहरु देख्न थालेको छु आज भोलि तर के गर्ने यी मिर्मिरे बिहानीहरु सुनौलो बिहानी हुन सकेन कहिले सुनौलो बिहानीमा परिणत हुने यसो भै दिए कति मज्जा हुने थियो होला यस्तै यस्तै सोच्दा सोच्दै बिहानीको घाम उदाउछ अनि फेरी घामलाई भनि पठाउछु मेरी सानुलाई पहारिलो ताप दिनु , खुशी दिनु , पलपल साथ दिनु जहाँ उनि संग म नभएको आभास नहोस
 ............किन बोल्थ्यो र घाम मौन हुदै आफ्नो बाटो लाग्थ्यो बिहानको ८ बजे मेरो काम सुरु हुन्छ काम त गर्नु छ घर परिवार समाज देश र सानुको यादमा पनि तड्पिनु छ हैन यो याद भन्ने कुरा पनि के रहेछ जति बेला पनि आउने जति पनि आउने ........
........यस्तै छ आज भोलि मेरो दिनचर्या यसरि नै बिताएको छु दिनहरु ...बिछोडको पीडाले गर्दा आज भोलि मलाई समय निकै लामो लाग्न थालेको छ दिन आउछ दिन जादैन रात आउछ रात जादैन पलपल तड्पाएर बस्छ कस्तो नियति न बुझ्न सकिने न बुझेर पनि केहि गर्न सकिने म जस्तै परदेशिएका लाखौ परदेशीहरुको कथा हो आखिर यो खै किन मलाई मात्रै परे जस्तो हुन्छ र आफैलाई भन्ने गर्छु कि तेरो माया धेरै हो कि त आफुलाई सम्हाल्न नसक्ने कमजोर होस् अनि फेरी आफै भन्छु I  भलै जे सुकै किन न हुँ तर मैले सानुलाई गरेको चोखो माया हो आई रहेको उसको याद हो आखिर याद आउन पनि त कोहि न कोहि चाहिन्छ नै जुन मोडमा भेटे पनि जुन मोडमा छुटे पनि
........ सानु पक्कै पनि तिमि पनि मलाई कति याद गर्दै छौ होला है कति सम्झनामा रुदै हौली गाउँ बेसीमा कति खोज्दै हौली साएद म तेतै कतै लुक्दै बस्दै गरको भए जतिनै लुके पनि तिमीले भेटि सक्थ्यौ तर म त यहाँ सात समुन्द्र पारि पराईको देशमा आई पुगेको छु जुनधर्ती मेरो हैन , जुन आकाश मेरो हैन , जहाँका मनिस मेरा आफन्त हैनन् यस्तो बिरानो ठाउमा छु यस्तो पराई ठाउमा छु मा यस्तो ठाउमा छु पूर्व  पश्चिम  छुट्टाउन सम्म बिहान र साझ पर्खनु पर्छ उदाएको र अस्ताएको संगै छुट्टाउला भनेर यस्तो प्रतिकुल ठाउमा छु म तर पनि संघर्ष गर्दै छु आखिर संघर्ष नै त जीवन रहेछ सानु तिमीले पनि शाहस जुटाउ हिम्मत गर
..... हामि एउटा यस्तो मिलन हुने प्रतिक्षामा छौ एउटा अजम्मरी मायाको मिलन हुने छ जति सक्दो छिटो धन कमाएर आउनेछु अनि फेरी हामी  बाचुन्जेल हामी  सधै संगै हुने छौ धेरै धेरै रमाउने छौ यो संसार स्वर्ग हुने छ म छिट्टै फर्की आउने छु तेसैले प्रतिक्षा गर मेरी सानु प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाइ कहाँ कहाँ पुर्याउछ जहाँ पुर्याएको भए पनि म छिट्टै फर्की आउने छु I

@ अज्ञात पाल्पाली 

Wednesday, April 22, 2015

कविता- मेरो माया र मलाई

कविता-  मेरो माया र मलाई

एउटा कसैले
नाजायज सम्बन्ध बाट
जन्माएर एकान्तमा कतै
फाली दिएको  बच्चा जस्तो
एक नाबालक अनाथ जस्तै
मेरो माया र म 

झरी परेको बेला
ममताको प्रतिक्षामा हुन्छु
तेही अबोध बालक जस्तै
म न बोल्न सक्छु न केहि गर्न
चुपचाप आखाँहरु डुलाई रहन्छु
कतै साथ र माया पाउछु कि भनी

असफल भए  मेरा नजरहरु
कम्जोर हुन्छन मेरा बिश्वासहरु
तर पनि अझै पाउँछु कि भन्ने
आशै आशमा घन्टौ बित्छ
अह कतै पनि आभास सम्म मिल्दैन
अनि आफ्नै आशालाई मारी दिन्छु


निराशालाई साथ लिएर
एक गन्तव्य बिहिन यात्री जस्तै
रोई रहेको आकाश र म
साथी बनेर चार प्रहर बिताउछौ
आकाश रुन छोडी सक्यो ...
तर अहः म उस्तै छु
रोई रहेछु रोइ रहेछु

समय बदलि सक्यो
पानी परेर खुलेको दिन
सायद हर्षमा भएको भए
कति रमाइलो हुने थियो होला
कति  पहारिलो हुने थियो होला
तर पीडै  पीडाले सताएको दिन
कति उराठ कति कति नरमाइलो
कति दिक्क लाग्दो छ्या sss

गह रसाएका रसाएकै छन्
थाहा छैन कहिले सम्म हो
जिउदो लास जस्तै छ
मेरो माया र म
न मेरै भूलले मारें
मेरो माया र मलाई
न कसैले हत्या गरि दियो
मेरो माया र मलाई _ २    

 @ अज्ञात पाल्पाली

Thursday, July 3, 2014

गीत : --तिम्रै याद आई रहोस्......

गीत

जति गार्हो भए पनि तिम्रै याद आई रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

संसार कै सबै भन्दा प्यारो मान्छे खास तिमी
कहिल्यै न मेटिने पिरतीको प्यास तिमी
पिउन नै न पाए नि तिम्रै प्यास जागी रहोस
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

जति गार्हो भए पनि तिम्रै याद आई रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

भिड होस् या एकान्तमा तिम्रै बारे सोची र'न्छु
यतै कतै छौ कि भनी जता ततै खोजी र'न्छु
यसरी नै यो मनले तिम्रै साथ मागी रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

जति गार्हो भए पनि तिम्रै याद आई रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

अज्ञात पाल्पाली

गीत : --- भुल्न पनि सक्दिन म

गीत

सम्झी रा छु गार्हो भा छ भुल्न पनि सक्दिन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म

सारा कुरा मन्जुर छ तिमी मेरो हुन्छौ भने
हृदय मै रोपी दिन्छु यदि तिमी फुल्छौ भने
न सक्ने नै भएँ आखिर तिमी देखि तर्किन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म

सम्झी रा छु गार्हो भा छ भुल्न पनि सक्दिन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म

संसार कै सुखी हुन्थें तिमी संगै बाँच्न पाए
यहि धर्ती स्वर्ग बन्थ्यो हामी संगै हाँस्न पाए
न परोस् है नजोडिने काँच सरी चर्किन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म..

सम्झी रा छु गार्हो भा छ भुल्न पनि सक्दिन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म

अज्ञात पाल्पाली
हाल ( हजुरहरु को मन मनमा )

Saturday, February 1, 2014

गजल : -- काफिया के हो ?


काफ़िया के हो ?

काफियालाई तुकान्त पनि भनिन्छ र यो मतलामा रदीफ़भन्दा अगाडि मिसरा-ए-उला र मिसरा-ए-सानीमा जम्मा दुई पटक प्रयोग हुन्छ र अन्य शेरहरुमा मिसरा -ए-सानीमा एक पटक रदीफ अघि प्रयोग हुन्छ । काफिया तब हम-काफ़िया हुन्छन् जब ती दुईमा कुनै स्वर साम्यता हुन्छ या स्वर-व्यञ्जन साम्यता हुन्छ।


काफियाका नियम बारे धेरै बहस भएका छन् । तर काफियामा यति स्वतन्त्रता छ कि नबुझेर मात्रै काफियामा हामी अल्मलिने काम धेरै गर्छौं । हुन त काफिया दोष बुझ्न धेरै अध्ययन चाहिन्छ । जति बेला भावना आउँछ र गजलको मतला तयार हुन्छ तब हामी कति भावनालाई तुहाउनु पर्ने हुन्छ काफियाको कारणले । यसैले कति काफिया दोषपूर्ण काफिया पनि चलाउनु पर्ने अवस्था आउँछ । म आफै नै केही अध्ययन र केही अरुका गजल पढेर केही काफिया बुझेर पनि दोषरहित हुन सकेको छैन कतिपय गजलमा र काफिया दोष भएका आफ्नै गजलहरु पनि प्रशस्त चलाएकोछु । हेर्दा काफिया दोष जस्ता नदेखिए पनि कति गजलमा काफिया दोष बोकेका गजलहरु सम्प्रेषण गरेकोछु । तर काफियाका नियम बुझ्न हामीलाई निकै समय अझै लाग्ने पक्कै छ किनकि काफियका नियम जति बुझ्यो उति नै कठीन छन् ।


तल केही काफियाका उदाहरणहरु (आफ्नै गजलहरु) पेश गरेकोछु ।

स्वर साम्यता भएका काफिया

जहाँ बढी व्यथा दुख्‍छ मैले त्यही कुना लिएँ ।
जति दुख्‍यो जिन्दगी यो मैले त्यत्ति मजा लिएँ ।

कति सुन्छौ महल र झुपडीका कथाहरु
तिमीलाई सुनाउन आज आफ्नै कथा लिएँ ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित

मतलाका दुई काफियाले अरु शेरका काफिया निर्धारण गर्दछन् । यी काफियाहरु आफैले नै लेख्‍ने हुँदा अन्य शेरमा आफूलाई कसरी बाँध्ने हो त्यसै अनुरुप मतलामा काफियाको बन्धन निर्माण गर्नु पर्ने हुन्छ । यसै हुँदा यी माथिका काफियामा के समानता छन् या के साम्यता छन् हेरेर अरु शेरहरुको काफिया लेख्‍न जरुरी हुन्छ ।

माथिको काफियामा झट्ट हेर्दा काफिया दोष जस्तो देखिन्छ । तर यसमा काफियामा दोष छैन । यसमा स्वरलाई काफियाको रुपमा लिइएकोछ । उदाहरणका लागि काफियालाई राम्ररी हेरौं :
कुना
मजा
यी काफियामा समानता भनेको सबै काफियामा समान स्वर ‌+आ छन् र यस अघिका व्यञ्जन चाहिं कुन्, मज् आदि छन् । यसमा व्यञ्जनमा साम्यता छैन । मात्र अन्तिम स्वर वर्णमा मात्र साम्यता छ । यसर्थ अर्को शेरको काफिया कथा (कथ्+आ) लिन सकिएको हो । यस अनुसार अन्य काफियाहरु यस्ता लिन सकिन्छ – धोका, पर्दा, चन्दा, माला, सुर्ता आदि ।

स्वर और व्यंजन दुवैको साम्यता

सधैं तिमीले फूल दिन्थ्यौ यसपालि त छुरा दियौ ।
धेरैपछि तिमीले मलाई काम लाग्ने कुरा दियौ ।

तिम्रो दिल भट्टी रैछ भन्ने आज थाहा पाएँ
तिर्खाएथें पानी मागें तिमीले भने सुरा दियौ ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित

माथिका काफियाहरु:
छुरा
कुरा
सुरा

यी सबैमा छ+उरा, क+उरा, स+उरा सबैमा स्वर 'उरा' तथा व्यञ्जन छ, क, स सबैमा साम्यता छ । यसमा स्वर र व्यञ्जन दुवैमा साम्यता छ ।

यस्तै गरी सबै स्वर र व्यञ्जनमा साम्यता हुनैपर्छ भन्ने पनि छैन । उदाहरणका लागि:

माया गर्छु भन्छौ तर मुस्कानसँग डराउँछौ ।
महासागर तर्न खोज्छौ तूफानसँग डराउँछौ ।

आफ्नै मन दुश्मन हो नि लगाम लाऊ यसलाई
युद्ध गर्छु भन्छौ तिमी मैदानसँग डराउँछौ ।

मीठो निद्रा लाग्ने ओछ्यान एउटै छ नि जिन्दगीमा
किन तिमी बाँचुञ्जेल चिहानसँग डराउँछौ ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित



यसमा भएका काफियामा मुस्कान, तूफान, मैदान, चिहान मा साम्यता भनेको पहिलो अक्षरमा छैन तर दोस्रो व्यञ्जन र स्वर देखि साम्यता छ । यसो गर्दा 'मुस्कान' प्रयोग भएपछि फेरि 'ठेकान' काफिया प्रयोग गर्न पाईंदैन भन्ने नियम छ । तर यो नियममा अलि स्वतन्त्रता लिइएको पनि पाइन्छ ।

केही काफिया दोषहरु

१.

तिमी हौ कि जस्तो लाग्छ कोही बोले अँधेरीमा ।
सम्झिन्छु म तिमीलाई चुरी बजे मझेरीमा ।।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित

माथिको गजलमा काफिया मतलाले मागे अनुसार खडेरी, पखेरी, सल्लेरी चाहिन्छ । तर हामीले अन्य शेरमा यदि अन्य काफिया जस्तै शिकारी, पुजारी, भूमरी आदि शब्द चलायौं भने काफियामा मिले झैं लागे पनि दोषयुक्त मानिन्छ ।

२.

सुनको भन्दा मनको मन्दिर जाति हुन्छ नि ।
माया भन्ने देउताभन्दा माथि हुन्छ नि ।

माया गर्ने मनहरु बेग्लै हुँदैनन्
यौटै हुन्छ मुटु यौटै छाती हुन्छ नि ।
-------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित
यसमा मतलाले मागे बमोजिम काफिया शेरमा नहुँदा शेर दोषयुक्त बनेकोछ । मतलाले काफिया स्वर 'ई' मा मात्र मागेको छ । तर शेरमा भने 'ती' फेरि आएको हुँदा यो दोषयुक्त भएकोछ । हुन त श्रुतिसम भएर नेपालीमा यसलाई ठीकै मान्ने गरिए पनि काफियाको नियमानुसार यसलाई काफिया दोष मान्नु पर्छ । श्रुतिसम लाग्ने तर दोषयुक्त काफियाको दोषलाई इक्फा दोष भनिन्छ ।


जितेकाछन् मन पनि देशका अलङ्कार पनि ।
अब गरीब कहाँ छन् र सबै गजलकार पनि ।

यदि यस्तो लेखियो भने यसमा पहिलोमा अलङ्+कार र गजल+कार भएर श्रुतिसम पनि छन् र हेर्दा काफिया ठीकै लाग्छन् । तर काफियाको नियम अनुसार अलंकार र गजल दुईशब्द यहाँ श्रुतिसम नभएकोले पछाडिका +कार मात्र मिल्दैमा काफिया दोषमुक्त हुँदैन । यसलाई इतादोष भनिन्छ ।

जितेकाछन् मन पनि देशका इमानदार पनि ।
अब गरीब कहाँ छन् र सबै गजलकार पनि ।

यसो गरेमा ‌+दार र ‌+कार काफियाको नियममा छन् । अरु काफिया +सार +पार +धार +चार आदि प्रयोग गरे इतादोष मुक्त भइन्छ ।

भन तिम्रो पजेरो त्यो गाडी कहाँ गयो ।
तिम्रो फुर्तिरवाफ पनि छाडी कहाँ गयो ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित

यसमा पनि छाडी र गाडीमा कुनै इतादोष छैन । किनभने पहिलो पूर्ण शब्द हो र दोस्रो छाड भन्ने क्रियाको बढाइएको शब्द हो । यदि दुवै बढाइका शब्द भएका भए (गाडी vehical नभएर गाढी = गाढ + ई) भएका भए इतादोष हुने थियो । कहलिएका गजलकारहरु पनि इतादोष मुक्त छैनन् । ठूला गजलका उस्तादहरु पनि इतादोषयुक्त गजल लेखेकाछन् । यसमा उप-नियमहरु पनि नजानी हामीले दोषमुक्त गजल लेख्‍न मुश्किल नै छ भन्नुपर्छ ।


क­. मतलामा दुवै विशुद्ध मूल शब्द हुनु पर्ने – जस्तै रात, मात, जात, लात, घात
ख. एक मूल शब्द र दोस्रो बढाइएको (मात लाई माती बनाए झैं) का शब्दहरु माती, जाती
ग. दुवैको बढाइएको शब्द - जस्तै: जाति र राती

फूलहरु झर्ने यस्तो मौसममा बागैमा राखेर हुन्न ।
मनैमा ठाउँ छैन भनेर आँखैमा राखेर हुन्न ।

माथिका काफियामा बागैमा र आँखैमा शब्द दुवै बढाइका शब्द हुन् र ती बढेका अंश निकालिए भने बाग र आँख शब्द बाँकी हुन्छन् जुन तुकान्त शब्द हैनन् यसैले इतादोषयुक्त भयो यो गजलको मतला । जुन कुरा माथि पनि भनिइसकिएकोछ ।

ओंठले गाउ मेरो मायालाई भाखैमा राखेर हुन्न ।
मनैमा ठाउँ छैन भनेर आँखैमा राखेर हुन्न ।

माथिका काफियामा भाखैमा र आँखैमा शब्द दुवै बढाइका शब्द हुन् र ती बढेका अंश निकालिए भने भाख र आँख शब्द बाँकी हुन्छन् जुन तुकान्त शब्द हुन् र यसैले दोषमुक्त भयो यो गजलको मतला ।

यी त केही सामान्य कुरा भए । तर काफियामा अन्य धेरै नियम उपनियम भएका हुँदा यहाँ सबै समेट्न गार्‍हो होला ।
गजललाई साधनाको रुपमा लिएर गजल लेखनमा लाग्न काफिया मात्र हैन यसका नियम उपनियम, यति, गति, बहर र मुख्यत: गजलका भावमा हुनुपर्ने चमत्कारी तत्वले एक पूर्ण गजल बनाउँछ । मात्र काफियालाई कसरी मिलाउँ भनेर गजल लेखनमा लाग्दा संख्यात्मक रुपमा गजल बढ्लान् तर गुणात्मक या स्तरीय गजलको आशा कमै गर्न सकिएला ।

गजल महासागर हो । छेउमा पानी छोएर सागर छोएँ भन्न मिल्ला तर सागरमा डुबुल्की मार्न हामीले धेरै नै सिक्न बाँकी छ । हामी सबै सिक्दैछौं तर सिकेका कुरा बाँड्न कञ्जुसी गरेनौं भने नेपाली गजलको स्तर अझै बढेर जाने पक्का छ ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित

Tuesday, December 24, 2013

" तियाली " संक्षिप्त परिचय

-महादेव अधिकारी
"तियाली" बारे संक्षिप्त परिचय।

मनका कुरा लेखेर ब्यक्त गर्ने
भाषिक तरिकालाई साहित्य
भनिन्छ। लिपिबद्ध भएर प्रकाशन
भएपछि त्यो रचना बन्छ। सुन्दर र
राम्रो रचना सिर्जना गर्नको लागि रचना कलाको ज्ञान
आवस्यक हुन्छ।
त्यसको आवस्यक तत्व हो
विचारमा गहिराई,
वर्णविन्यसमा शुद्धता,
लेखाईमा कुशलता,
प्रस्तुतिमा चमत्कार पूर्ण
नविनताका साथै वैज्ञानिकता,
शैली, मधुरता, र विकृति,
विसङ्गति, अन्धपरम्परा र
अन्धविस्वासका रूढीहरूलाई
वहिस्कार गर्दै वर्तमान र
भविस्यको सभ्यसमाज निर्माण
हुने गरि युगानुकुल भावना दिन
सकेमात्र त्यो रचना आदर्श
रचना बन्दछ।
नेपाली साहित्य रामायण
जस्तो महाकाव्यवाट स्थापित
भएको थियो। र समयसंगै
खण्डकाव्य, मुक्तक, चम्पू, उपन्यास,
कथा, निबन्ध, संसमरण, पत्र
साहित्य, रेखाचित्र, जिवनी,
नाटक, कविता र
समालोचना जस्ता विधाहरूको आविस्कार
हुँदै आयो।
यसमा पनि फरक फरक
विचारस्थापित हुँदै
जाँदा विभिन्न वादहरू बने
-जस्तै आदर्शवाद,
स्वच्छनदतावाद, छायावाद,
रहस्यवाद, प्रतीकवाद,
यथार्थवाद, प्रगतिवाद,
प्रयोगवाद, अस्तित्ववादहरू
भौतिक विकाससंगै उत्पत्ति हुँदै
आए।
पछिल्लो समयमा मानिसहरू
अत्यन्त ब्यस्त हुने हुनाले
साहित्यहरू
पनि छोटा छोटा रचनामा परिणत
हुँदै आए,
गजल, फुटकर कविता , गीत, मुक्तक,
रूवाई , ताङ्का, हाइकु र यो "तियाली" यसका उदाहरणहरू हुन्।
यसै शिलसिलामा हाल फेसबुक
साहित्यसञ्जालको विकाससंगै
रचनाकारहरूले आफ्ना रचनाहरू
कसैको अनुमति विनानै प्रकाशन
गर्न पाउने
प्रविधिको बिकासभयो र
सर्जकहरू पनि ह्वात्तै बढेर आए।
गरिवीको जातोमा पिसिएर मन
नलागे पनि विदेशीन
बाध्यभएका नेपाली युवायुवतीहरूले आफ्ना पीडा पोख्नको लागि फेसबुक
साहित्य सञ्जाल बरदान नै
सावित भयो।

यस्तैमा नेपाली साहित्यको कविता विधा अन्तर्गत
"तियाली" साहित्यको पनि आविस्कार
भयो जसको प्रवर्तक म आफै हुँ अर्थात म -महादेव अधिकारी
रोजगारीको शिलसिलामा युएई को दुवईको FARNEK COMPANY मा कार्यरत रहेर
मैले फेसबुक मार्फत नै
यो विधालाई प्रवर्द्धन गरेर प्रविष्टि पनि गराएको छु।

किनकी आजको वेफुर्सदी जमानामा थोरै
शब्द प्रयोग गरेर
छोटो मीठो साहित्य रचना गर्न
र पढ्न दुबै थरीलाई सजिलो हुने
भएकोले यो बिधाको महत्व झनै
बढ्ने कुरामा म विस्वस्त छु।

"तियाली"
शाब्दिक अर्थ
तियाली= तीन चोटि, तीन पटक, तीन खेप।

यस विधामा साहित्यिक अर्थ।
तियाली=
तीन अनुप्रास युक्त
तीनलाईन कविता।

१. तियाली जुनसुकै छन्द र लयमा पनि लेख्न सकिने छ
२.यसको श्रुति माधुर्या बढाउनको लागि अनुप्रास प्रयोग गर्नु पर्नेछ। अनुप्रास भन्नाले चरणका अन्त्यमा समान वर्णका पद दोहोरिएको र तुक बन्दी मिलेको हुन्छ।

३. पहिला अन्त्यानुप्रासमात्र प्रयोग गर्ने भनिएको थियो तर बिभिन्न अग्रज तथा गुरूहरूले इनबक्समा दिनु भएको सल्लाह अनुसार तियाली पनि एक कविताकै उप विधा भएकोले सबै किसिमका अनुप्रास प्रयोग गर्नु राम्रो हुने सुझाब अनुसार परिमार्जन गरिएकोछ।

(क) छेकानुप्रास:
यसमा धेरै सजातिय स्वर-व्यञ्जन एक पल्ट मात्र दोहोरिन्छ। जस्तै-
न झट्ट वंशीधर टक्क भेटियो
न भेटको चाह चटक्क मेटियो
-लेखनाथ पौड्याल

(ख) वृत्यनुप्रास-
रसानुकूल वर्णयोजनालाई 'वृत्ति' भनिन्छ। यसमा सजातिय स्वर-व्यञ्जन अनियमित रूपले धेरै चोटि दोहोरिन्छन्। जस्तै-
कला छ सब अङ्गमा सुन प्रिय! रङ्गमा
सखी लिएर सङ्गमा बन्यौ तिमी जङ्गमा
कुरङ्ग-नयना भनी अरज यै ढङ्गमा
-मोतिराम भट्ट

(ग) श्रुत्यनुप्रास:
वार्णीक पद्यका प्रत्येक विश्रामस्थलमा नियमित रूपले पदजोडीको आवृत्ति भएमा श्रुत्यनुप्रास हुन्छ। जस्तै-
चाराका रसरङ्गले वदनमा बल्छी गडी
उत्री थलमा परेकी मत्सीसरी भै लडी
- लेखनाथ पौडेल

(घ) अन्त्यानुप्रास:

यसमा चाहि चरणका अन्त्यमा समान वर्णका पद दोहोरिएर तुकबन्दी मिलेको हुन्छ । जस्तै-
नसुकोस् कहिल्यै यसको उल्लास-उमङ्ग
सुन्न सधैँ पाओस् यसले प्रणय-प्रसङ्ग
लहराओस् मधुर छन्दमा भाव तरङ्ग
-केदारमान व्यथित
(ङ) यमक:
यमकको अर्थ जुम्ल्याहा हो। यमकमा शब्द वा शब्दांशको धेरै चोटि प्रयोग हुन्छ र प्रत्येक चोटि त्यसको अर्थ भिन्न वा निरर्थक पनि हुन्छ।जस्तै-
उदय भो अब सन्त वसन्तको
प्रकट भो छवि चित्र-विचित्रको
रूचिर भो अनि सर्ग-निसर्गको
- सोमनाथ सिग्देल
४. लोक लयमा लेखेको भय लय मिल्दासम्म एकदुई अक्षर घटिबढी हुँदा पनि मान्य हुँने छ र ह्रस्वदीर्घ आवस्यक अनुसार जुन राख्दा पनि हुनेछ तर
मात्रिक छन्दमा लेखेको भए लघु(ह्रस्व)लाई एक मात्र र गुरू(दीर्घ)लाई दुईमात्रा गणना गरेर बराबर मात्राको हुनु पर्ने छ।
यदी वार्णिक छन्दमा लेखिएको छ भने वर्णवृत्तका आधारमा गणअनुसार गणना गरिनेछ।
५. यो तियाली कविताको जग हो। जग वलियो भयो भने मात्र घर जतितला बढाएर लगे पनि बलियोसंग ठडिन्छ त्यसैले यसले रचनाकलामा विकास गर्नुको साथै लेखनकलाको विकासमा महत्वपूर्ण भूमिका निभाउन सक्छ। छोटो प्रस्तुतिमा चमत्कारपूर्ण ठूलो भाव दिन सक्नु,
आधुनिक र बैज्ञानिक विचारको सम्प्रेशण गर्न सक्नु नै तियालीको विशेषता हो।
६. यसलाई ६ अक्षरदेखि १६अक्षरसम्मका एक पङ्क्तिपुञ्ज हुन्छ र तीन पङ्क्ति को एक तियाली हुन्छ।
७. शीर्षक राख्न अनिवार्य छैन तर तियाली भनेर शिरमा राख्न अनिवार्य छ।
८. अन्य विधालाई जस्तै यस तियालीलाई पनि तीन भागमै विभाजन रिएको छ।
(क) उठान=आरम्भ,प्रारम्भ, शुरू, विषयलाई उठाउने काम।
(commencement; beginning)
तियालीको पहिलो हरफ उठान हो। यसमा समस्यालाई दर्शाएर विषय वस्तुको उठान गरिन्छ।
(ख) विश्राम= छुट्टि, फुर्सत, आराम लिने काम, विश्रान्ति, बसाई, अडिनेकाम,
(Recess)
यसमा उठानको समस्याले पारेको असर र निराकरणको उपाय खोज्ने प्रयास गरिन्छ।
(ग) बैठान= समाप्ति, ठेगान, थिति, निर्णय, सिद्धि, टुङ्गो, कुनै पनि कामको समाप्ति,
(end, the result, conclusion, settlement,)
यसमा उठानको समस्या र विश्रामको प्रयासबाट निस्कने वा निस्केको परिणाम दर्साईन्छ। -जस्तै
तियाली:३
अ. उठान:
मनको चरी अर्कैको घर
पिंजडा परेको
आ. विश्राम:
त्योदेखि मेरा नयन बाट
निर्झरा झरेको
इ. बैठान:
कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै
सरेको
-महादेव अधिकारी

९.कवितामा रस परिचय:
रस= तरल पदार्थ, झोल, द्रव,
पन्यालो वस्तु,
(Liquid, juice, fluid, savour,
Flavour, taste, syrup,
Exudation, serum)
साहित्यमा हृदयले जुन
कुराको आस्वादन गर्छ वा स्वाद
पाउँछ त्यो रस हो।
संस्कृत साहित्य चिन्तक
आदिआचार्य
भरतमुनिदेखि आनन्दवर्द्धन,
अभिनव गुप्त, विस्वनाथ
तथा जगन्नाथ
सम्मका आचार्यहरूले
साहित्यमा रसको तात्पर्य
आनन्दसित छ भनेर व्यख्या गरे।
काव्यद्वारा मनमा भावको प्रस्फुटन
हुन थालेफछि एक
प्रकारको आनन्दको अनुभव हुन्छ।
भावनालाई उकास्दै र उद्देलित
पार्दै त्यसको रूप र तत्वको छाप
बस्नु नै रस हो।
रसको मुख्य आश्रय भाव हो भाव
भन्नाले मनका विभिन्न स्थिति र
तरंग बुझिन्छ। काव्यमा विभाव
(आलम्बन र उद्दीपन) , अनुभाव, र
व्यभिचारी वा सञ्चारीभावको सं
स्थायीभाव नै
रसका रूपमा परिणत हुन्छ।
यस्ता रस नौ थरी मानिएका छन्।
१.शृङ्गार रस:
शृङ्गार रसको तात्पर्य
कामवासनाको उद्रेक र प्रणय हुनु
हो।यौनाकर्षण
सबैको साझा चेतना हो। त्यसैले
यो रस
यौनसन्तुष्टि तर्फको प्राप्त्यान
र करूणामूलक
यौनेच्छाको स्मरणानन्दका रूपमा
शृङ्गार र वियोग शृङ्गार
द्वारा व्याख्यायीत छ।
जस्तै-
क. संयोग शृङ्गार:
काम्दै छन् किन थर्र ओठ प्रियसी!
काढ्यौ पसिना किन ?
तिम्रो बैँस र
चैतका कुसुमको बास्ना छ यौटै
किन?
ख. वियोग शृङ्गार:
सम्पर्क नहुँदै
हामी पानीपानी भयौ किन?
पानी मै पनि भा'कै थेँ
जानीजानी गयौ किन?
२. वीर रस:
वीर रसमा व्यक्तिले
केही नयाँ गर्न, आफूलाई
अरूका अगाडि विस्वासका साथ
प्रदर्शन गर्न, विद्रोह र
प्रतिस्पर्धाको चेतना दिन
उत्प्रेरक रहने शूरतामय रचना नै
वीर रस हुन्। युद्ध, झगडा,
प्रशंसा र आक्रोश
जस्ता कुराहरूमा वीर रस
उपस्थित हुन्छ। वीर रस
व्यक्तिनिहित
त्यस्तो चेतनाको प्रतीक हो जुन
सदैव उत्साह, साहस र उत्कर्ष
तर्फ उन्मुख हुन्छ।
- जस्तै
लाठीमुङ्ग्री र गोलीले
प्रजातन्त्र ढलाउन
खोजेको उसले
होला जनक्रान्ति गलाउन
तर तैयार छौँ हामी मलामी उसकै
हुन
मसानघाटमा उसकै क्रियाकर्म
चलाउन
३. करूण रस:
करूण रस वास्तवमा दु:ख हो,आँसु
हो, छटपटि हो, शोकमय
भावसम्प्रेषणबाट करूण रसानन्द
प्राप्त हुन्छ।
-जस्तै
कहाँ गयो नि सौन्दर्य ? बैँस
मेरो सुक्यो किन?
ए एड्स! के गरिस् तैँले ? झरेको फूल
झै छु म!
४. शान्त रस:
मान्छेको लक्ष्य शान्त रसमा गएर
सकिन्छ। शान्त रस त्यस्तो रस
हो जो स्वयं साधारणीकरण
को अर्को रूप हो।वैराग्य, समता,
शुद्धता, प्राप्ति, सन्तुष्टिहरू
शान्त रसका परिचायक
उपकरणहरू हुन्। विकास, उन्नति,
शान्ति, सौम्यतामा शान्त रस
उपस्थित हुन्छ। धार्मीक
गतिविधि, आध्यात्मिक चिन्तन,
सत्सङ्ग,
दैवी स्तुतिगानहरूमा शान्त
रसानन्द प्राप्त हुन्छ।
-जस्तै
ठूलो छ प्रेमको शक्ति मीठो छ
प्रेमको रस
प्रेमको स्पर्शले मात्रै सभ्य बन्दछ
मानिस
५. अद्भुत रस:
कल्पना शक्तिबाट अस्वभाविक
दृष्यहरू देखाई पाठकहरूलाई छक्क
पारिने रचनाहरूमा अद्भुत रस
हुन्छ। कविको सोच्ने र संयोजन
गर्न सक्ने विचित्र
सामर्थ्यको पहिचान यसमा हुन्छ।
भ्रमको उपस्थिति गराई
मनको उत्सुकता बढाउनुमा यसको
-जस्तै
हाम्फाल्दछ आगोमा स्वाट्टै
समुद्र निल्दछ
तारा उन्दछ
धागोमा धर्ती बोकेर कुद्दछ
६. भयानक रस:
भयानक रस डरप्रेरित रसानन्द
हो। यसले भयभित, त्रसित, र
आतंकित मानसिकतामा पुर्याए
पछि हलचल मच्चाउने सामर्थ्यले
रौँ ठड्याउदछ, शरीर कमाउछ,
सातो लिन्छ, पसिनाले निथ्रुक्कै
भिजाउछ ।
-जस्तै
भुस्तिघ्रे टिल्ल
मातेका गुण्डा थिए बडेबडे
झसङ्ग मन भो तर्से, जिरिङ्ग तन
भो लडे
७. वीभत्स रस:
दुर्घन्धित, विकृत र कुत्सित रूप
वीभत्स रस हो। आँखा बन्द हुन्छन्,
हृदय पाक्दछ, मुखले वाक्छ, नाक
खुम्चाउछ, ओठले थुक्छ, रयाल,
सिगान, रगतको आहाल,
घाउको पीप, दुर्गन्छ हुन्छ।
-जस्तै
आन्द्राभुँडी मीठो मान्छ,
गिजोल्दै रयाल च्वाउँदै
लुछ्दै चोक्ट्याउँदै खान्छ
गिदी संसारको सधैँ
जिब्रो चुहाउँदै प्युँछ रक्त,
को हो नि त्यो? बता
त्यो हो मानवतावादी दैत्यराज
अमेरीका!
८. रौद्र रस:
बिरोधी माथिको तिब्र आक्रोश,
अपमान प्रति प्रतिशोध,
क्रोधको आँखामा रगत रसाउनु, ओठ
काम्नु, दाँतमा राक्षस आउनु,
आँखीभुइँ सर्प बन्नु, मुड्की बज्रनु,
रौद्र रस हो। यसमा उग्रता,
आवेग, उद्वेग, घमण्ड र
असहिष्णुता प्रसस्त हुन्छ।
-जस्तै
नउठा रिस
यो मेरो आज्ञा अन्तिम गर्छु म!
घर भत्काउने तैँ होस् तेरै सर्वस्व
हर्छु म!
९. हास्य रस:
व्यङ्ग्य मिश्रित हाँस्यमा नै
साहित्यको हाँस्य रस हुन्छ।
भावभङ्गि, वोलिवचन, चिन्तन,
क्रियाशीलता यो दुष्टका लागि

सज्जनका लागि सुखानन्दका रूपमा
हुन्छ।
-जस्तै
न्यायाधीश नियाँ गर्दै
दु:खका साथ भन्दछन्
"के छ अन्तिम इच्छा? भन्,
मर्नलाई तयार बन्"
पूरा हुन्छ भने "इच्छा न्यायाधीश
महोदय
म बस्छु त्यस
कुर्सीमा फाँसीमा तिमी नै चढ"

सन्दर्भग्रन्थ-सूची

1. डा: रामप्रसाद ज्ञवाली 'शब्दार्थ- सौन्दर्य
( कवितासंग्रह)
2. डा: रामप्रसाद ज्ञवाली 'तेस्रो आँखाको आलोचना (आलेखालोचना-सङ्ग्रह)
3. महादेव अधिकारी 'भविश्यवक्ता कवि'
"शब्दार्थ-सौन्दर्य" कविता सङ्ग्रहको समालोचना।
4. कृष्णप्रसाद पराजुली 'राम्रो रचना मीठो नेपाली'
5. RATNA'S ' NEPALI ENGLISH NEPALI DICTIONARY ( Prof. Babulall Pradhan)
6,डा: नगेन्द्र, रस सिद्धान्त, नयाँ दिल्ली: नेश्नल पब्लिशिङ्ग हाउस।
7. डा: राजकिशोर सिंह, आचार्य मम्मट और काव्यप्रकाश, लखनऊ।
8, डा: लक्ष्मीकान्त पाण्डेय, भारतीय तथा पाश्चात्य काव्यशास्त्र, कानपुर।
9. डा. मोहन हिमांशु थापा, साहित्य परिचय, साझाप्रकाशन।
10. महादेव अधिकारी, बि.सं २०७० साल बैशाख १ गते तयार पारिएको तियाली साहित्यको दस्तावेज।
11. प्रा. राजनारायण प्रधान, आधुनिक अंग्रेजी-नेपाली शब्दकोश

-
नाम: महादेव अधिकारी
जन्मस्थान: मिर्लुङ्ग ३ घलेछाप तनहूँ
जन्म मिति:२०२४ मंसीर १६ गते
पिता: स्व श्री चन्द्रबहादुर अधिकारी
माता: सावित्रा देवी अधिकारी
पत्नी: पार्वती अधिकारी

प्रवर्तक: 'तियाली' कविता

लेखन विधा:तियाली, हाईकु, मुक्तक,
फुटकर कविता, गीत, गजल, खण्डकाव्य, महाकाव्य, कथा, निबन्ध, इतिहास, धार्मीक लेख, उपन्यास, संस्मरण, जिवनी, समालोचना,केस्रा

प्रकाशित पुस्तक:
नेपालीहरूका ढुकढुकी (निबन्ध संग्रह)
विवश हृदय (कथा संग्रह)
क्रान्तिदेखि शान्तिसम्म (गीतिकाव्य)
शीला ( खण्डकाव्य)
पिण्डदान (शोककाव्य)
वेदना आमाको (गीत/कविता संग्रह)
मैया दिदी (महाकाव्य)

बिभिन्न राष्ट्रिय तथा स्थानिय पत्रपत्रिकाहरूमा चारसय भन्दा बढी रचनाहरू प्रकाशित

प्रकाशोन्मुख
कथा संग्रह :-2
निबन्ध संग्रह:-2
खण्डकाव्य:-4
कवितासंग्रह:- 2
उपन्यास:-3
गजलसंग्रह:-3
संस्मरण सङ्ग्रह:-1
गीतसंग्रह:-1
केस्रा सङ्ग्रह:-1
तियाली सङ्ग्रह:-1

भ्रमण: भारत, चीन, मध्य अफ्रिका बुरूण्डी, ओमान, दुवई युएई
सम्बद्ध:
सुदूरपश्चिमाञ्चल साहित्यसमाज धनगढी आजीवन सदस्य
' नेपाली साहित्यिक फूलवारी दुवई' संस्थापक अध्यक्ष
साभार :--- महादेव अधिकारी ज्यु बाट

Thursday, December 5, 2013

कविता : - कसम पिरतीको .......



"कसम पिरतीको "

मेरी प्राण प्यारी मेरो मुटुको धड्कन
म पिर , ब्यथा र बेदनाले
जतिनै छट्पटिएको किन न हुँ
त्यसको असर तिमीलाई
कत्ति पनि पर्न दिने छैन
कसम पिरतीको

मेरो हासो खुशी मेरो जीवन
मेरो मन प्रतिकुल परिस्थितिले
भित्र भित्रै जलेर खरानी किन नहोस
म त्यसको राप तिमीलाई पर्न दिन्न
प्राण रहेसम्म माया नै माया दिनेछु
कसम पिरतीको

सुख दु :खमा साथ दिने हे मन
म जीवन जिउने क्रममा
दु:खका आँधी वेरी नै किन न आओस
म तिमीलाई त्यसको आभास हुन दिने छैन
सधै सधै शितल पवन नै दिनेछु
कसम पिरतीको

अज्ञात पाल्पाली

Thursday, November 7, 2013

मुक्तक.........रमाउनु है दिदी !

मुक्तक

यौटा भाई नभए नि रमाउनु है दिदी !
अरु भाई संगै तिहार मनाउनु है दिदी !!
बिरानीमा छु म आज सम्झना छ धेरै
प्रदेशीलाई आशिर्बाद पठाउनु है दिदी !!!

अज्ञात पाल्पाली