Monday, April 4, 2011

गजल - " अस्मिता लुटेको छ यहाँ " अज्ञात पाल्पाली

गजल - " अस्मिता लुटेको छ यहाँ " अज्ञात पाल्पाली

नारि नारि आपस  मा फुटेको छ यहाँ
त्यसैले नारि अस्मिता लुटेको छ यहाँ

भन्छन सबै एक रथको दुई पाङ्ग्रा 
तर सम्भन्ध हेर्दा त छुटेको छ यहाँ

सहन्छन भनि होला गर्नु सम्म गरे
मर्द हरु सताउन जुटेको छ यहाँ

कसैलाई मोज मस्ती आफु रुनु पर्ने
तेसैले त धेरै रिश उठेको छ यहाँ

आखिर सबै मान्छे हो भेद भाब किन
बलियो ले निर्धो लाई कुटेको छ यहाँ

 अज्ञात पाल्पाली

No comments:

Post a Comment